सर्वोच्च अदालतमा बारको धर्ना जारी, सुरक्षा व्यवस्था कडा « Khabarhub

सर्वोच्च अदालतमा बारको धर्ना जारी, सुरक्षा व्यवस्था कडा


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना जारी राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बारले आज तेस्रो चरणको अन्तिम दिन आन्दोलन गरिरहेको छ ।

उसले आजसम्म राजीनामा दिन प्रधानन्यायाधीश राणालाई तीन दिनको अल्टिमेटम दिएको थियो । आफूहरुले भनेअनुसार राजीनामा नआए भोलिदेखि देशभरका उच्च अदालतमा पनि आन्दोलन गर्ने बारको तयारी छ । जहाँ सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बारको आन्दोलनलाई समर्थन गरेको सर्वोच्च अदालतकै न्यायाधीशहरू आजबाट इजलासमा फर्किदै छन् । गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने राणाले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किन तयार भएका हुन् ।

तर, बारले भने राणाको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ ।

पर्सा बारका पूर्व अध्यक्ष पन्नालाल गुप्ताले यो आन्दोलन अदालतमा भइरहेको विकृर्ती, विसंगती सुधारका लागि भएको बताएका छन् । सर्वोच्चमा जारी बारको धर्नालाई संवोधन गर्दै उनले यो आन्दोलनमा प्रदेश २ का सम्पूर्ण बारहरुको समर्थन रहेको बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : ५२ बजे

नाटोमाथि इरानले लगायो यस्तो आरोप

काठमाडौं- इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको