तस्वीरमा हेर्नुहोस् निर्माण पूरा नहुँदै भाइरल बनेको पोखराको सडक | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस् निर्माण पूरा नहुँदै भाइरल बनेको पोखराको सडक



पोखरा– चर्चामा रहिरहने पर्यटकीय शहर पोखरा आजभोलि सडकका कारण चर्चामा छ । पोखराको याम्दीदेखि घट्टेखोलासम्मको सडक यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो सडक पूर्ण रुपमा अझै तयार भइसकेको छैन । तर, सामाजिक सञ्जालमा यो सडकको चर्चा भइरहेको छ ।

मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा सडक खण्ड अन्तर्गत निर्माण भइरहेको यो सडकको चर्चा भएसँगै यसलाई कतिपयले राजनीतिक मुद्दा बनाउन थालेका छन् भने कतिपयले नेपालका सबै क्षेत्रमा यस्तै बाटो बनाउनुपर्ने बताएका छन् ।

यो सडकलाई केहीले बाबुराम भट्टराईले अगाडि सारेको योजना भएको दाबी गरेका छन् भने एमालेका कार्यकर्ताले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सडक बनाइएको भन्दै प्रचार गरिरहेका छन् ।

यता, नेपाली कांग्रेस कार्यकर्ताहरुले भने प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले यो सडक निर्माण गरेको दाबी गरेका छन् । यद्यपि यो सडक राष्ट्रिय यातायात नीति २०५८ मा २० वर्ष अगाडि नै मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको योजनाको रुपमा परिकल्पना गरिएको थियो ।

मध्यपहाडी लोकमार्गको आयोजना आयोजना कुनै दल या नेता विशेषले नभएर विभागको योजना अनुसार अघि बढाइएको विभागले जनाएको छ ।

मध्यपहाडी राजमार्ग आयोजनाका कास्की, पर्वत र बाग्लुङ खण्डका प्रमुख नारायणदत्त भण्डारीले यो सडक पूर्ण भइसकेपछि अझै भाइरल हुने बताउँछन् । उनका अनुसार सडकमा चाइनिज दुबो र फूलहरु रोप्न बाँकी छ ।

यस्तै रातिमा टल्किने लाइटहरु हाल्न पनि अझै बाँकी रहेको भण्डारी बताउँछन् । सडकमा आकाशे पुल निर्माण र अन्य बाँकी काम रहेको उनी बताउँछन् ।

हेरौँ तस्वीरहरु













 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : ३० बजे

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्