पूर्वमाओवादी नेताहरुले सम्मानजनक स्थान पाउँछन् : सुवास नेम्वाङ | Khabarhub Khabarhub

पूर्वमाओवादी नेताहरुले सम्मानजनक स्थान पाउँछन् : सुवास नेम्वाङ


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग गरी आएका नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान दिइने बताएका छन् ।

एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ । एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले पूर्वमाओवादी नेताहरुलाई प्रतिस्पर्धाबाट आउन अफ्ठेरो हुने अवस्था भएकाले सहमतिका आधारमा सम्मानजनक स्थान दिइने बताएका हुन् ।

‘हामी उहाँहरुलाई माओवादी नेता त भन्दैनौँ एकीकृत कम्युनिस्ट पार्टीका नेता नै भन्छौँ । तर, पनि बोलिचालीको भाषामा पूर्वमाओवादी भनिने भएकाले महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा उहाँहरुलाई त्यति सहज नहुन सक्छ । त्यसैले उहाँहरुलाई नेतृत्वमा ल्याउन सोच्नुपर्छ,’  नेम्वाङले भने, ‘त्यसैले सहमतिका आधारमा उहाँहरुलाई नेतृत्वमा स्थापित गरिन्छ ।’

उनका अनुसार त्यसबारे नेतृत्व तहमा छलफल र गृहकार्य भइरहेको छ ।

तत्कालीन नेकपा विभाजन भइ एमाले र माओवादी केन्द्र ब्यूतिँदा नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमालेतिर लागेका थिए । – न्युज कारखानाबाट

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : ४६ बजे

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।