पूर्वमाओवादी नेताहरुले सम्मानजनक स्थान पाउँछन् : सुवास नेम्वाङ « Khabarhub

पूर्वमाओवादी नेताहरुले सम्मानजनक स्थान पाउँछन् : सुवास नेम्वाङ


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले तत्कालीन माओवादी केन्द्र परित्याग गरी आएका नेताहरुलाई महाधिवेशनमा सम्मानजनक स्थान दिइने बताएका छन् ।

एमालेको १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ । एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले पूर्वमाओवादी नेताहरुलाई प्रतिस्पर्धाबाट आउन अफ्ठेरो हुने अवस्था भएकाले सहमतिका आधारमा सम्मानजनक स्थान दिइने बताएका हुन् ।

‘हामी उहाँहरुलाई माओवादी नेता त भन्दैनौँ एकीकृत कम्युनिस्ट पार्टीका नेता नै भन्छौँ । तर, पनि बोलिचालीको भाषामा पूर्वमाओवादी भनिने भएकाले महाधिवेशनमा प्रतिस्पर्धामा जाँदा उहाँहरुलाई त्यति सहज नहुन सक्छ । त्यसैले उहाँहरुलाई नेतृत्वमा ल्याउन सोच्नुपर्छ,’  नेम्वाङले भने, ‘त्यसैले सहमतिका आधारमा उहाँहरुलाई नेतृत्वमा स्थापित गरिन्छ ।’

उनका अनुसार त्यसबारे नेतृत्व तहमा छलफल र गृहकार्य भइरहेको छ ।

तत्कालीन नेकपा विभाजन भइ एमाले र माओवादी केन्द्र ब्यूतिँदा नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साह लगायत नेताहरु एमालेतिर लागेका थिए । – न्युज कारखानाबाट

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : ४६ बजे

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत