तेस्रो विवाहको तयारीमा आमिर ! « Khabarhub

तेस्रो विवाहको तयारीमा आमिर !


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– गत अगष्टमा बलिउड अभिनेता आमिर खान र उनकी निर्मात्री तथा लेखिका पत्नी किरण रावले अलग्गिने निर्णय लिँदा बलिउडसँगै आमिरका फ्यानहरुलाई झड्का लागेको थियो । सन् २००५ मा विवाह गरेको यो जोडीले १६ वर्षपछि अलग्गिने निर्णय लिँदा जोकोहीले दुःख मानेका थिए ।

किरण आमिरकी दोस्रो पत्नी हुन् । उनीहरुको छोरा आजाद छन् । आमिरको पहिलो श्रीमति रिना दत्ताका छोरा जुनैद र छोरी इरासँग किरणको उत्तिकै राम्रो सम्बन्ध छ ।

यतिबेला आमिरका फ्यानहरु उनको फिल्म ‘लालसिंह चड्डा’को तिब्र प्रतिक्षामा छन् । यो फिल्मको प्रतिक्षा भइरहँदा यतिबेला सामाजिक सञ्जालमा आमिरले तेस्रो विवाह गर्न लागेको चर्चा पनि उत्तिकै छ ।

सामाजिक सञ्जालमा आमिरले ‘लाल सिंह चड्डा’को रिलिज पछि विवाहको घोषणा गर्ने चर्चा छ । अहिले नै विवाहको घोषणा गर्दा फिल्मको बक्सअफिसमा पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै आमिर चुप रहेको चर्चा उत्तिकै छ ।

आमिरले आफ्नै अघिल्लो फिल्मकी अभिनेत्रीसँग विवाह गर्न लागेको चर्चाले सामाजिक सञ्जाल गर्माएको छ । आमिर र किरणले सम्बन्धविच्छेद गरेको खबर सार्वजनिक हुनासाथ आमिरको नाम ‘दंगल’ अभिनेत्री फातिमा साना शेखसँग जोडिएको थियो । उनका फ्यानहरुले फातिमाकै कारण आमिरले किरणबाट अलग्गिने निर्णय लिएकोसम्म अनुमान गरेका थिए ।

वास्तविकतालाई हेर्ने हो भने आमिर र फातिमा निकै नजिक छन् । फातिमा आमिरलाई आफ्नो ‘मेन्टर’ मान्छिन् । उनीहरुले फिल्म ‘दंगल’ र ‘ठग्स अफ हिन्दुस्तान’मा सहकार्य गरेका छन् । आमिरले अहिलेसम्म आफूबारे सामाजिक सञ्जालमा भएको चर्चाबारे मुख खोलेका छैनन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १ : १७ बजे

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर