योगगुरु रामदेवले भने– नेपालको धार्मिक पर्यटनको निःशुल्क प्रचार गर्छु « Khabarhub

योगगुरु रामदेवले भने– नेपालको धार्मिक पर्यटनको निःशुल्क प्रचार गर्छु


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् ।

शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु ।’

उनले नेपालमा आएर यस्ता पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह पनि गरे । नेपाल कैयौँ ऋषिमुनिको जन्मभूमि र तपोभूमि भएको स्मरण गर्दै उनले नेपालको धर्ती योग तथा ध्यानका लागि संसारकै उत्कृष्ट धर्ती रहेको बताएका छन् ।

रामदेव बाबाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे । उनले भने, ‘नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति मेरो नमन छ, जसरी मेरो भारतका बल्लव भाई पट्टेलप्रति सदैव श्रद्धा रही आएको छ ।’

उनले चन्द्रागिरि हिल्सको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा यहाँको प्राकृतिक सुन्दर पक्षको बयान गरे । उनले भने, ‘हिमशृङ्खला देखिने यस डाँडाको स्वच्छ हावा र प्राकृतिक सुन्दर पक्षका कारण योग तथा ध्यान गर्ने यो एक पुण्य भूमि हो भन्ने भलाई लाग्यो, यस्ता अलौकिक स्थान र सम्पदा नेपालमा मात्र छन्, त्यसैले नेपाल एक पुण्य भूमि हो ।’

उनले भारतीय अध्यात्मिक व्यक्ति एवं पर्यटकलाई नेपाल आउन र यहाँ आएका बेला चन्द्रागिरि नछुटाउन आग्रह पनि गरे । प्रशस्त हिमालय पर्वत रहेको तथा धार्मिक एवं पवित्र भूमि नेपाल योग तथा ध्यानका लागि संसारकै एक उत्कृष्ट धर्ती भएको उनले बताए ।

बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए । त्यस प्रशिक्षणमा उनका साथमा योगगुरु आचार्य बालकृष्ण पनि सहभागी थिए ।

त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जीप लाइनमा पनि सयर गरेका थिए ।

रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरेका थिए । योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ३ : ५६ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त