शशांकसँगको भेटमा प्रकाशमानले भने–सभापतिको उम्मेद्वारबाट पछाडि फर्कन्नँ « Khabarhub

शशांकसँगको भेटमा प्रकाशमानले भने–सभापतिको उम्मेद्वारबाट पछाडि फर्कन्नँ


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई आफू सभापतिको उम्मेद्वारबाट पछाडि फर्कन नसक्ने बताएका छन् ।

ठमेलको चाक्सीबारीस्थित सिंह निवासमा कोइराला र सिंहबीच भएको भेटवार्तामा सिंहले यो कुरा बताएका हुन् ।

नेता सिंह निकट स्रोतका अनुसार सिंहले कोइरालालाई आफू धेरै अगाडि बढिसकेकाले पावर सेयरिङको मामलामा भने छलफल गर्न सकिने बताएका थिए ।

नेपाली काँग्रेसको हुन लागेको १४ औ महाधिवेशनमा कोइराला र सिंह सभापतिका दाबेदार हुन् । शनिबार भएको भेटवार्तामा साझा उम्मेदवार तय गर्ने विषयमा संवादलाई निरन्तरता दिने विषयमा दुवै नेताले सहमति जनाएका छन् ।

यसैबीच कोइरालाले नेता सिंहसँग माफी मागेका छन् । गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले नेता सिंहले ‘काठमाडौंबाहिर कसैले नचिन्ने भएकाले सभापतिको दाबेदार आफू भएको’ टिप्पणी गरेपछि नेता सिंह रुष्ट थिए । यही विषयमा कोइरालाले उनीसँग माफी मागेका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ३० बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,