कांग्रेस महाधिवेशन : सुर्खेतका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन « Khabarhub

कांग्रेस महाधिवेशन : सुर्खेतका चार प्रदेश क्षेत्रमा नेतृत्व चयन


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले मतदानमार्फत प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुङ्गो लगाएको हो ।

सहायक जिल्ला निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाका अनुसार सुर्खेत क्षेत्र नं १ प्रदेशसभा क्षेत्र (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी, क्षेत्र नं २ को प्रदेशसभा (क) मा कर्णबहादुर बुढा र (ख) मा तेजबहादुर बस्नेत सभापति पदमा निर्वाचित भएका छन् ।

अधिवेशनबाट प्रदेशसभा कार्यसमितिका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ । सहायक निर्वाचन अधिकृत सापकोटाले सोमबार सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशन र यही मंसिर १० गते जिल्ला अधिवेशन हुने जानकारी दिए ।

जिल्ला अधिवेशनमा जिल्लाका सात पदाधिकारी र १० महासमिति सदस्य चयन हुनेछन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ११ : १० बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल