फाइजर खोप आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई | Khabarhub Khabarhub

फाइजर खोप आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिन शुरु गरिएको छ ।

कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मंसिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा यही मंसिर २७ देखि आगामी पुस २ गतेसम्म दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले फाइजरका लागि तोकिएका गङ्गालाल ह्दयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र निजामती अस्पतालका खोप केन्द्रमार्फत खोप दिने गरिएको जानकारी दिए । उनका अनुसार खोपको मात्रा कम भएकाले ती केन्द्रहरुमार्फत आज र भोलि पहिले आउनेलाई प्राथमिकताका आधारमा खोप दिने प्रबन्ध मिलाइएको छ । आजका लागि खोप केन्द्रअनुसार ३०० देखि ४०० खोप पडाइएको उनले बताए ।

फाइजर खोप लगाउने लक्षित दीर्घ रोगी समूहमा मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका,अङ्ग प्रत्यारोपण गराएका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिहरु पर्दछन् ।

सुरक्षित र प्रभावकारी मानिएको यो खोपको दुबै मात्रा पूरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६२० डोज खोप काठमाडौं उपत्यकामा आठ र उपत्यका बाहिरका १६ गरी कुल २४ अस्पतालमा केन्द्र तोकेर गत २८ कात्तिकदेखि लगाउन सुरु गरिएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ११ : ३० बजे

रूसी राष्ट्रपति पुटिनले भने : इरानमाथि अमेरिकी-इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र अमेरिकाले इरानमाथि गरेका

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोडबढी

लुम्बिनी– बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३६

अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया

चीनको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि

बेइजिङ– राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार दिएको जानकारीअनुसार, चीनको कुल विद्युत