यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी « Khabarhub

यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनका हुथी विद्रोहीहरुले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ ।

हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको बताए । साउदी सरकारकाविरुद्धमा शनिबार व्यापक आक्रमण गरेको उनीहरुको दाबी छ । ती विद्रोहीहरुले दिएको जानकारीअनुसार उनीहरुले साउदी अरेबियाका विभिन्न विमानस्थलमा पनि ड्रोनबाट बम हमला गरेका छन् ।

उनीहरुले ड्रोनबाट आक्रमण गरेको र यसरी गरिएका आक्रमणहरुमा विभिन्न क्षेत्रका विमानस्थलहरु पनि रहेको बताएका छन् । हुथीहरुले साउदी राजाको रियादस्थित दरबारलाई पनि लक्ष्य गरेर हमला गरेको जनाएका थिए । उनीहरुले साउदी अरेबिया नेतृत्वको सरकारको विरोध गर्दै आएकाले साउदी राजाका विरुद्धमा पनि हमला गर्ने जनाएका छन् ।

शनिबारको हमला पनि यसैका विरुद्धमा भएको उनीहरुले बताएका छन् । उनीहरुले विगत लामो समयदेखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमन छोड्नुपर्ने बताउँदै आएको छन् ।

शनिबार भएको सो हमलामा के कति क्षति भयो भन्ने बारेमा भने केही बताइएको छैन । इरानको सहयोगमा रहेका यी हुथी विद्रोहीहरुले गरेको सो हमलाको साउदी अरेबियाको सरकारले भने पुष्टि गरेको छैन । तर हुथीहरुको  टेलिभिजन अल मारिसाहले भने सो आक्रमण गरिएको बताएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १ : २० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग