संसदीय सुनुवाइ समितिको बैठक स्थगित, प्रस्तावित राजदूतको सुनुवाइ प्रभावित « Khabarhub

संसदीय सुनुवाइ समितिको बैठक स्थगित, प्रस्तावित राजदूतको सुनुवाइ प्रभावित


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सरेको छ ।

संसदीय सुनुवाइ विशेष समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि आज विहान ११ बजे बैठक बोलाएको थियो । तर सांसदहरू अनुपस्थित भएर कोरम नपुग्दा राजदूतहरूको संसदीय सुनुवाइ प्रभावित भएको हो ।

बहुमत सांसद अनुपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित गर्नुपरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठक स्थगित गरेर सुनुवाइ १७ मंसिरलाई सारिएको उनले बताए ।

१५ सदस्यीय समितिमा चार जना मन्त्री हुँदा ११ जना बाँकी छन् । ११ मध्ये बहुमत पुग्न ६ जना आवश्यक रहेकोमा ५ जनामात्रै उपस्थित भएका थिए ।

एमालेबाट सुरेन्द्र पाण्डे, निरुदेवी पाल, माओवादीबाट अमृता थापा, देव गुरुङ र लोसपाबाट सभापति कर्ण उपस्थित थिए । अन्य सदस्यहरु पार्टीको महाधिवेशन चलिरहेकाले आउन नसकेको बताइएको छ ।

सरकारले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई नेपाली राजदूतमा सिफारिस गरेको छ । प्रस्तावित राजदूतहरु सुनुवाइका लागि तयारी गरेर बैठकमा आएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  २ : ०३ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल