सुर्खेत विमानस्थल २५ दिन बन्द हुने « Khabarhub

सुर्खेत विमानस्थल २५ दिन बन्द हुने


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो ।

धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले १० मंसिरदेखि ५ पुससम्म विमानस्थल बन्द हुने नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।

विमानस्थलको धावनमार्गमा ओभर-ले गर्नुपर्ने भएका कारणले नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियर मुरारी भण्डारीले बताए ।

‘विमानस्थल मर्मतसम्भार २५ दिनमा सक्ने योजना बनाएका छौं ।’ उनले भने,‘त्यो अवधिमा नियमित उडान बन्द हुन्छन् ।’

विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपछि  बुद्ध एयरले नेपालगञ्जमा थप उडान गर्ने जनाएको छ ।

सुर्खेत विमानस्थल धावनमार्ग  मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाइ यात्रा थप सहजताका लागि नेपालगञ्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ३ : २० बजे

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुवात

काठमाडौं– जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय

लमजुङमा भूकम्पको धक्का

काठमाडौं-लमजुङमा भूकम्प गएको छ । बन्सार केन्द्रविन्दु भएर बुधबार बेलुका

टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा