आचार्य बालकृष्ण ओशो तपोवनको अवलोकनमा « Khabarhub

आचार्य बालकृष्ण ओशो तपोवनको अवलोकनमा


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका आयुर्वेद शिरोमणी आचार्य बालकृष्णले ओशो तपोवनको भ्रमण गरेका छन् । आइतबार बिहान उनी नागार्जुनस्थित ओशो तपोवन पुगेका थिए ।

तपोवनमा आचार्य बालकृष्ण लगायतको टिमलाई वोधिसत्व स्वामी आनन्द अरुणले बिषेश स्वागत गरे ।तपोवन भित्र रहेको पुस्तकालय, ओशो समाधी, शिवपुरीबाबाको मन्दिर , मृत्युपार्क तथा कविर मन्दिरको दर्शन गरेका आचार्यले अध्यात्मिक जागरणका लागि ओशो तपोवनले गरिरहेको कामको प्रशंसा गरे ।

आचार्य बालकृष्णले आफूहरु तपोवनको प्रशंसक रहेको भन्दै योग र अध्यात्मको विषयमा पतञ्जली तथा ओशो तपोवनबीच सहकार्य गर्ने बताए । योग र ध्यानको महत्व बिश्वले बुझ्दै गएकाले तपोवन जस्ता आध्यात्मिक गन्तब्यहरुको महत्व दिनदिनै बढिरहेको उनको भनाइ थियो । आचार्य बालकृष्णलाई तपोवनमा स्वागत गर्न एनआरएनका दुई पूर्व अध्यक्षहरु उपेन्द्र महतो तथा भवन भट्ट पनि तपोवन पुगेका थिए ।

यसैबीच आइतबार बिहानै वोधिसत्व स्वामी आनन्द अरुणलाई फोन गर्दै बाबा रामदेवले ब्यस्तताका कारण तपोवन आउन नसकेको बताउँदै अध्यात्मको क्षेत्रमा ओशो तपोवनले खेलिरहेको भूमिका अत्यन्तै ठूलो रहेको बताएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ४ : ३० बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा