सुडानका अपदस्थ प्रधानमन्त्री ह्यामडकको पुनर्बहाली « Khabarhub

सुडानका अपदस्थ प्रधानमन्त्री ह्यामडकको पुनर्बहाली


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केही साताअघि त्यहाँको सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री अबदल्ला ह्यामडक पुनः प्रधानमन्त्री बनेका छन् ।

सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र ह्यामडकबीच राष्ट्रपति निवासमा भएको एक सम्झौतापछि सेनाले ह्यामडकलाई पुनर्स्थापित गरेको हो ।

एक महिना अगाडि सेनाले ह्यामडक नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो । अपदस्थपछि ह्यामडकलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो । सेनाको कुको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो । सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरहरुमा विशाल प्रदर्शन भएका थिए ।

सेनाले सत्ता नियन्त्रण लिएपछि भड्किएको हिंसामा ४० जनाको मृत्यु भएको थियो । सहमतिअनुसार ह्यामडकले संक्रमणकालीन सरकारको नेतृत्व गर्नेछ । त्यस्तै, सेनाले सम्पूर्ण बन्दीलाई रिहा गर्ने भएको छ । ‘सुडानीको रगत मूल्यवान छ । रक्तपात अन्त्य गरौं र युवाको उर्जालाई विकास निर्माणमा सदुपयोग गरौं’, ह्यामडकले भनेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ५५ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष