जस्टिनलाई साउदीमा कन्सर्ट नगर्न अपिल | Khabarhub Khabarhub

जस्टिनलाई साउदीमा कन्सर्ट नगर्न अपिल


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक भास्कर)– पप स्टार जस्टिन बीबर आगामी महिना साउदी अरबमा आफ्नो प्रस्तुति दिँदैछन् । तर यो कार्यक्रममा आफ्नो प्रस्तुति नदिनका लागि उनलाई अपिल भइरहेको छ । यस्तो अपिल दिवंगत पत्रकार र साउदी अरब शासनका आलोचक जमाल खशोगीकी मंगेतरले गरेकी छन् ।

साउदीमा जमालको हत्या भएको थियो । जसको आरोप साउदी अरब सरकारलाई लागेको छ । यहीकारण खशोगीकी मंगेतर हेटिस केंगिजले जस्टिनलाई एक खुला पत्र लेख्दै साउदीमा आफ्नो प्रस्तुति नदिन आग्रह गरेकी छन् । जस्टिन डिसेम्बर ५ मा साउदी अरबको जेद्दाह शहरमा फर्मुला वन रेसमा आफ्नो प्रस्तुति दिँदैछन् ।

द वासिङटन पोस्टले हेटिसको खुला पत्रलाई प्रकाशन गरेको छ । ‘म जस्टिन बीबरसँग आग्रह गर्दछु कि उनी साउदीमा हुने आफ्नो कार्यक्रमलाई रद्द गरेर विश्वलाई एउटा शक्तिशाली सन्देश दिनुहोस् । तपाईं आफ्नो नाम र प्रतिभाको प्रयोग यस्तो शासनको प्रतिष्ठानको वर्णन गर्नका लागि नगर्नुहोस्, जो आफ्नो आलोचकहरुलाई मार्छन् । तपाईं जमालको हत्याराका लागि गीत नगाउनुहोला । कृपया मोहम्मद बिन सलमानको निन्दा गर्नुहोस्, किनकी तपाईंको स्वर करोडौं मानिसहरुले सुन्छन्’, उनले लेखेकी छन् ।

आलोचक र पत्रकार जमाल खशोगीको हत्यापछि सन् २०१८ तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा एक खुफिया रिपोर्ट सार्वजनिक गरिएको थियो । जसमा जमालको हत्याको आरोप साउदी अरबका युवराज मोहम्मद बिन सलमानमाथि लगाइएको थियो । यद्यपि मोहम्मदले यो आरोप अस्वीकार गरेका थिए ।

एफवान रेसको म्यूजिक कार्यक्रमका लागि र्‍यापर एएसएपी र की, डीजे डेविड गुएटा, टिएस्टो र गायक जेसन डेरुलोको नाम पनि छ । सन् २०१८ अक्टोबरमा टर्कीमा साउदी एजेण्टले खशोगीको हत्या गरेपछि साउदी अरबमा मारिया केरीले प्रस्तुति दिएकी थिइन् । उनलाई पनि कार्यक्रम बहिस्कारका लागि अपिल गरिए पनि उनले मानेकी थिइनन् ।

सन् २०१९ मा पप स्टार निकी मिनाजले जेद्दाहमा एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिने तयारी भइरहँदा अन्तिम समयमा आएर त्यो रद्ध गरिएको थियो । जमाल खशोगी साउदी अरब मूलका एक अमेरिकी पत्रकार थिए । उनी साउदी सरकारको आलोचना गर्दै लेख लेख्थे । त्यहीकारण उनको हत्याको आरोप साउदी अरबमाथि लगाइएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : २६ बजे

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा- यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा हुने अन्तर्राष्ट्रिय

पाँच दशकपछि भारत फर्किए शीर्ष नागा विद्रोही नेता मुइवाह

उखरुल (भारत)– करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो

जेन-जी आन्दोलनमा सहिद भएकालाई श्रद्धाञ्जली दिँदै सामूहिक भाइटीका (तस्बिरहरु)

काठमाडौं- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा सहिद

मानुङकोटमा बढे पर्यटक

दमौली (तनहुँ)- चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक

अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबीच भेट

जेनेभा– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ