एमालेलाई बारले भन्यो : न्यायालयको संकट छिटो समाधान होस् « Khabarhub

एमालेलाई बारले भन्यो : न्यायालयको संकट छिटो समाधान होस्

स्थायी कमिटी बैठकमा कुरा उठाउने नेम्वाङको भनाइ


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले न्यायालयको संकट समाधान गर्न राजनीतिक दलहरुले छिटो सोच्नुपर्ने बताएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ज्ञापनपत्र बुझाउँदै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा देखिएको समस्या जतिसक्दो चाँडो समाधान गर्न आग्रह गरे । उनले भने, ‘यो संकट चाँडै समाधान होस् भन्ने हाम्रो चाहना हो ।’

ज्ञापनपत्र बुझ्दै एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले ज्ञापनपत्र पार्टीको स्थायी कमिटी बैठकमा पेश गर्ने बताए । उनले सकेसम्म कानून व्यवसायीले आन्दोलन गर्नु नपरेको भए राम्रो हुने भन्दै आन्दोलन भइसकेकाले यो कुरा पार्टीमा उठाउने बताए।

उनले भने, ‘बारले जुन आन्दोलन चलाएको छ, यो अवस्था भरसक नआएको भए हुने थियो। त्यहीँबाट समाधान भएको भए हुन्थ्यो। तर अहिले आइसक्नु भएको छ । न्याय पाउन नसकेको अहिलेको अवस्थामा हामी नै बोलेको जस्तो भएको छ। समयमा रिट निवेदन हाम्रै पनि सुनुवाई भएका छैनन्। यसरी कानुन व्यवसायी सडकमा नआउन परेको भए हुने थियो। तर अवस्था आइसक्यो । यो पार्टी अध्यक्ष र आजको स्थायी कमिटी बैठकमा पेश गर्नेछु। पार्टीको ध्यानाकर्षण गर्ने कुरामा म पहल गर्ने छु।’

बारले सोमबार नेपाली सत्तारुढ दल नेपाली कांग्रेसलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । तर, समय मिलिनसकेको बारले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ३ : १३ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको