दुबईमा खिचियो ‘गुञ्जन’को ‘सासै चल्छ’ « Khabarhub

दुबईमा खिचियो ‘गुञ्जन’को ‘सासै चल्छ’


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘गुञ्जन’को गीत ‘सासै चल्छ पल पल तिम्रै मायाको’को दुबईमा छायांकन गरिएको छ । प्रितमराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको रोमान्स रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी र विदुर पाण्डेको छायांकन छ ।

हिराकृष्ण महर्जनको निर्माण रहेको फिल्ममा द्वन्द्व निर्देशक अष्ट महर्जनको डेब्यू निर्देशन छ । अष्ट विगत २ दशकदेखि नेपाली फिल्ममा द्वन्द्व निर्देशकका रुपमा सक्रिय छन् ।

प्रेमकथा बोल्ने फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा राजु श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आइटम नृत्य छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : ३६ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते