२५ मंसिरभित्र सडक कालोपत्रे गर्ने सहमतिपछि रोकियो आन्दोलन « Khabarhub

२५ मंसिरभित्र सडक कालोपत्रे गर्ने सहमतिपछि रोकियो आन्दोलन


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरस्थित हरिसिद्धि सडक लामो समयसम्म ठेकेदारले सडक कालोपत्र नगरेको बन्दै सडक बन्द गरेर आन्दोलनमा उत्रेका स्थानीयसँग सडकमै सहमति भएको छ ।

हरिसिद्धि सडक खुलाउन सोमबार साँझ पुगेका डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द पाण्डे, सडकका ठेकेदार कम्पनी सिएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसी, ललितपुर २९ नम्बर वडाध्यक्ष गणेशकुमार महर्जनले २५ मंसिरभित्र कालोपत्रे गर्ने लिखित सहमति गरेका हुन् ।

सहमति अनुसार आज मंगलबारबाटै कामदार बढाएर काम सुचारु हुने सिएम कन्ट्रक्सनका प्रतिनिधि विक्रान्त केसीले बताए । डिभिजन सडक कार्यालयका प्रमुख पाण्डेले समयमा काम पुरा नगरे ठेकेदार कम्पनीको ठेक्का रद्द गरेर कालोसूचीमा राख्न सिफारिस गरिने बताए ।

वडाध्यक्ष महर्जनले यही २५ गतेसम्म प्रतिबद्धता अनुसार सडकको काम नभए फेरि स्थानीयले बन्द गर्ने धम्की दिएको बताए । सहमति अनुसार २ किलोमिटर सडक कालोपत्रे हुनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ५९ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको