नेपाल-कोरियामैत्री अस्पतालमा निःशुल्क मुटु रोगको सेवा « Khabarhub

नेपाल-कोरियामैत्री अस्पतालमा निःशुल्क मुटु रोगको सेवा


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको निःशुल्क सेवामा दैनिक ८० भन्दा बढी बिरामी आएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । मुटुका बिरामीका लागि साताव्यापी निःशुल्क मुटु शिविरलाई स्थानीयवासीले अवसरका रूपमा लिएको उनले बताए ।

अस्पतालमा मुटुरोग परीक्षणका लागि अमेरिकाबाटसमेत मुटुरोग विशेषज्ञ आएका छन् । सोही अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा सम्पूर्णमान तुलाधर र डा सञ्जय श्रेष्ठले पनि सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख श्रेष्ठले बताए ।

मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि सुलभ र सहज उपचार सेवा दिन थालिएको छ । टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बनाउन सफल भएको उनले बताए । अस्पतालले मिर्गौलाका बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा रोटरी क्लबको सहयोगमा केही दिनपछि थप चार डायलायसिस मेसिनबाट सेवा दिने तयारी छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ११ : ०४ बजे

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन

प्रधानमन्त्री कार्कीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला

नसुध्रिएको त्रिवि : ‘लाइन होइन अनलाइन’ नारामुनि विद्यार्थी बस्छन् घण्टौं लाइन

काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल