हैजा प्रभावितलाई भ्याक्सिनले दियो राहत, जोखिम अझै बाँकी | Khabarhub Khabarhub

हैजा प्रभावितलाई भ्याक्सिनले दियो राहत, जोखिम अझै बाँकी


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – १४ असोजदेखि हैजा प्रभावित बनाएको कपिलवस्तु जिल्लामा ओरल कोलेरा भ्याक्सिन खोप सञ्चालनमा आएको छ । आइतबार यशोधरा गाउँपालिकाबाट औपचारिक कार्यक्रम गरी सुरुवात गरेको अभियानमा दोस्रो दिनसम्म आठ हजार ६८१ जनाले खोपको दायरामा आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मंगलवारदेखि शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा समेत खोप कार्यक्रम सुरू हुने बताइएको छ ।

यता हैजाविरुद्धको खोप लगाएपछि स्थानीय जनताले पाँच वर्षसम्म सुरक्षित भएको महसुस गरेका छन् । तर, प्रभावित क्षेत्रमा शौचालय प्रयोग गर्ने प्रचलन नहुँदा हैजाको जोखिम भने कायम नै छ । एक वर्षदेखि माथिको उमेर समूहका सबै नागरिकलाई भ्याक्सिन खुवाउने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डे बताउँछन् ।

अभियानलाई सफल बनाउन नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफले सक्रियता देखाएका छन् । प्रति भाइल करिब पाँच अमेरिकी डलर पर्ने भ्याक्सिन ग्लोबल एलाईन्स फर भ्याक्सिन (गाभि)बाट सहयोग स्वरूप प्राप्त भएको हो ।

भ्याक्सिनको स्वाद नुनिलो रहेको र खाएपछि शरीरमा कुनै समस्या नभएको खोप लिएका यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहले बताए ।

जिल्लामा देखिएको हैजाको जीवाणु रैथाने प्रजाति (कोलेरा ०१) रहेको प्रयोगशाला परीक्षणले पुष्टि गरेको छ । यस प्रकारको जीवाणु शरीरमा प्रवेश गरेपछि कसैमा लक्षण देखाउने र कसैलाई लक्षण नदेखाउने गर्दछ । लक्षण नदेखिएका व्यक्तिबाट भाइरस एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने गर्दछ । यो जीवाणु तीव्र रूपले फैलिन सक्ने भएको कारणले निकै खतरापूर्ण मानिने ईपिडिमोलोजी तथा महामारी नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. अमृत पोख्रेल बताउँछन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ११ : ५८ बजे

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन