धर्नापछिको कोणसभामा वकिलहरूले भने, 'प्रहरी आक्रमण क्षम्य छैन' | Khabarhub Khabarhub

धर्नापछिको कोणसभामा वकिलहरूले भने, ‘प्रहरी आक्रमण क्षम्य छैन’


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागिरहेको नेपाल बार एसोसिएसनले आज पनि धर्ना दिएको छ ।

जारी आन्दोलन अन्तर्गत आजको धर्नापछि आयोजित कोणसभालाई संबोधन गर्दै कानुन व्यवसायीहरूले केही दिन अघि भएको प्रहरी धरपकडको विरोध जनाएका छन् ।

उनीहरूले बार अध्यक्षसहितका वकिलमाथि भएको आक्रमण कानुनमाथिकै आक्रमण भनेका छन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रहरी बन्दुक ल्याएर नआउने बताए ।

आन्दोलनमा गम्भीर घाइते भएका बारका केन्द्रीय सदस्य प्रकाश महर्जनले आफूमाथि सुनियोजित रूपमा आक्रमण भएको बताएका छन् ।

मानव अधिकार आयोगकी पूर्व सदस्य मोहन अन्सारीले सर्वोच्च अदालत युद्ध मैदान नभएको बताउँदै यस घटनाको जवाफ प्रधानमन्त्री र  राजनीतिक दलहरूले दिनुपर्ने माग गरेकी छन् । ‘यहाँ कलम र बुद्धिले काम गर्छ । कुनै गन र सर्ट-गनले काम गर्दैन’ उनले भनिन्, ‘तपाईँले गरेका संविधान र मानव अधिकार उलङ्घनको जवाफ तपाईँले दिनुपर्छ।’

भोलि १० बजेदेखि ५ बजेसम्म सर्वोच्च परिसरमै विरोधको कार्यक्रम हुने बताइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १२ : ३५ बजे

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन