प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय कप क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले ५० ओभर पूरा खेल्दै नौ विकेटको क्षतिमा २८८ रनको योगफल बनाएको हो । एपिएफका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले ।

सुमितले सर्वाधिक ९४ रनको योगदान दिए भने पृथुले ५९ रन बनाए । १०३ बल खेलेका सुमितले छ छक्का र पाँच चौका प्रहार गरे । त्यस्तै ५८ बल खेलेको पृथुले एक छक्कासहित तीन चौका प्रहार गरे ।

त्यसैगरी एपिएफका प्रदीप ऐरीले ४०, अमरसिह रौतेलाले २७, भुवन कार्कीले १५, शरद भेषवाकरले १२ तथा आशिफ शेखले सात रन जोडे । बलिङतर्फ प्रदेश ३ का नन्दन यादव र जीतेन्द्र ठकुरीले समान तीन/तीन विकेट लिए भने पारस खड्का र सुर्य तामाङले समान एक/एक विकेट लिए । विभिन्न १० टोली सहभागी उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउनेछ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १ : ११ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु