माओवादीबाट आएका नेताले पनि मत ल्याएर निर्वाचित हुनुपर्छ : ओली | Khabarhub Khabarhub

माओवादीबाट आएका नेताले पनि मत ल्याएर निर्वाचित हुनुपर्छ : ओली


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए ।

माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन ।   महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढछौँ ।’

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : ५४ बजे

निश्चल बस्नेतलाई मातृ शोक

काठमाडौं- निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ। १५ वर्षदेखि

मनाइयो कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि

काठमाडौं– कृषि परम्परासँग जोडिएको ऐतिहासिक पर्व सकिमना पुन्हि पर्व बुधबार

माओवादीसहितको एकता सभामा मिसिन पुगे झलनाथ खनाल

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित नौ दल मिलेर बनेको नेपाली कम्युनिस्ट

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण (तस्बिरहरू)

काठमाडौं– कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क