जागरण गीतमा रमाएकी सिन्धु « Khabarhub

जागरण गीतमा रमाएकी सिन्धु


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नवलपरासीकी सिन्धु जलेशा बुढाथोकी बुबा प्रचण्डबहादुरकै पछि लागेर गाउँ गाउँमा नाँच्न पुग्थिइन् । बाल्यकालदेखि नै जनवादी गीतमा नाँच्न बुबासँग हिँडेकी उनले धेरै ठाउँमा जागरण जगाउने किसिमका गीतमा नाँचिन् ।

बुबा प्रचण्डबहादुर कम्युनिष्ट राजनीतिमा सक्रिय रहेकाले पनि उनमा सानै उमेरदेखि कम्युनिष्ट राजनीतिमा चासो थियो । त्यही चासो पुरा गर्न गाउँ–गाउँ पुगिन् । स्थानीयको समस्या बुझिन् । अनि त्यही समस्यालाई टपक्कै टिपेर गीत लेख्थिइन् ।

उनले २०४१ सालबाट गीत गाउन सुरु गरिन् । ‘जागरण अभियान लिएर गाउँ जाँदा कहिलेकाहीँ गीत गाउने मान्छेको अभाव हुन्थ्यो । त्यो बेला बुवा र अन्य दाजुहरुले गीत गाउनुपर्यो भन्नुहुन्थ्यो । त्यसरी मेरो गायनको सुरुवात भयो । सामूहिक रुपमा गीत गाउदा डर लागेन । तर बिस्तारै बानी भएपछि एक्लै पनि स्टेजमा गाएँ’, हालैको भेटमा उनी भन्दै थिइन् ।

उनका बुबाको चेला लोकबहादुर खत्री रेडियो नेपालमा काम गर्थे । पञ्चायतकालिन समयमा उनी बुवासँग काठमाडौं आउदा रेडियो नेपालमा छिरिन् । जहाँ लोकबहादुरले गीत गाउने अवसर दिए । ‘त्यो बेला रेडियो नेपालमा प्रगतिशिल गीत गाउने अवस्था थिएन । त्यही भएर बुवाले लेख्नुभएको आञ्चलिकता झल्काउने गीत गाएँ । त्यो गीत अहिले पनि बेला बेलामा रेडियो नेपालमा बज्छ’, उनले सम्झिइन् ।

२०४३ सालमा नवलपरासीमा जनपक्षीय उम्मेद्वारले ‘हाँगाको चरा’ चुनाव चिन्ह पाएका थिए । सिन्धु र उनको समय नवलपरासी जिल्ला भर नाँच्ने र गाउने अभियानमा संलग्न भई चुनाव प्रचार गरे । उसबेला उनले ‘चरीलाई नभुलौं दाजुभाई, लगाउँ छाप हाँगाको चरालाई’ गीत गाएकी थिइन् ।

उनले २०५६ सालताका बुवासँग रेडियो नेपालमा जागरण गीत ‘आमा दिदीबहिनी हो जागनँ’ गाइन् । २०५७ सालमा चेतनामूलक बालगीत ‘हाम्रो फूलबारी’ अनि २०६० सालमा काठमाडौंमा रहेको डेरा समस्यालाई चित्रित गर्दै ‘डेरा पाएको छैन’ गाइन् ।

सिन्धुको सम्झनामा उनले पछिल्लोपटक नवलपरासीको दिव्यज्योति क्याम्पसमा नाँचेकी थिइन् । केही समयअघि सम्पन्न नेकपा एमालेको विधान महाधिवेशनमा उनले नाँच्ने धोको पुरा गरिन् । ‘उमेर बढ्दै गए नाँच्न छोडियो । अहिले गायनमै समय दिइरहेको छु’, उनले भनिन् ।

उनले हालसम्म झण्डै ४५ को संख्यामा प्रगतिशिल, सन्देशमूलक, जनवादी, देशभक्ति भावका गीत गाएकी छन् । आफ्नै लगानीमा दुई एलबम प्रकाशन गरेकी छन् । उनी हाल नेपाली कला संस्कृतिको बारेमा पीएचडी गर्दैछिन् ।

‘पहिलदेखि नै जनवादी गीत गाएकाले व्यावसायिकता तिर ध्यान गएन । मलाई आर्थिक रुपमा फाइदा नभए पनि देश र जनताका लागि गाउने हो,’ उनको बुझाई छ । २०४८ सालमा पार्टी सदस्यता लिएकी सिन्धु हाल नेकपा एमाले लुम्बिनी प्रदेश समिति सदस्य तथा जनसांस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्य र लुम्बिनी प्रदेश इञ्चार्ज छिन् । उनी दोस्रो संविधानसभामा समानुपातिक सदस्य थिइन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : ०१ बजे

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ