झापामा सिटौला गुट बलियो | Khabarhub Khabarhub

झापामा सिटौला गुट बलियो


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय स्तरमा भएको निर्वाचनबाट प्राप्त परिणामले केन्द्रीय राजनीति गर्ने नेताहरुको जिल्लागत पकडको अवस्था पनि देखिन थालेको छ ।

यसै क्रममा झापामा भएको निर्वाचनबाट जिल्लाका दुई शक्तिशाली नेताहरु पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको पकडको पनि परीक्षा भएको छ । जिल्लाका ५ निर्वाचन क्षेत्र मध्ये तीन ओटामा सिटौला र दुई ओटामा शर्माको समर्थन रहेका सभापति निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधीहरुमा भने दुवै गुटका समान देखिएका छन् । क्षेत्र नं. २, ३ र ४ मा सिटौला पक्षका सभापति विजयी भए भने क्षेत्र नं. १ र ५ मा शर्मा पक्षधर निर्वाचित भएका छन् ।

यसअघि प्रदेश सभा अन्तर्गतका १० ओटा क्षेत्रमा भएको निर्वाचन पनि सभापति पदमा भने सिटौला पक्ष बलियो देखिएको थियो । आधाभन्दा बढि प्रदेशसभा क्षेत्रीय सभापतिहरु सिटौला पक्षधर बिजयी भएका छन् ।

कहाँ को ?

झापा क्षेत्र नं ५ को क्षेत्रीय सभापतिमा ढुण्डीराज भण्डारी ४४७ मत ल्याएर विजयी भए । उनी प्रवक्ता शर्मा नजिकका नेता हुन् । सिटौलाको समर्थन रहेका भण्डारीका प्रतिस्पर्धी रोशन गौतमले ३२३ मत प्राप्त गरे ।

क्षेत्रीय सचिवमा भण्डारीको प्यानलका धर्मानन्द भट्टराई र गौतमको प्यानलका मुकुन्द उप्रेती निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा गोपालराज दाहाल र डिल्ली चापागाइँ निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा प्रतिस्पर्धी नारायणप्रसाद बजगाईँलाई पराजित गर्दै जय नारायण शाह निर्वाचित भएकाच छन् । शाहले ४६४ मत प्राप्त गरी बिजयी भए भने बजगाईँले २७४ मत पाए ।

क्षेत्रीय सचिवमा रुपनारायण खतिवडा र सुमन काफ्ले निर्वाचित भए भने सहसचिवमा ईन्द्र प्रसाद प्रसाईं र कोषराज गड्तौला निर्वाचित भएका छन् ।

नेता सिटौलाको गृह क्षेत्र झापा क्षेत्र नम्बर न ३ को क्षेत्रीय सभापतिमा गणेश पोखरेल पुनः विजयी भए । उनी सिटौलाका विश्वासपात्र पनि हुन् । पोखरेलले प्रतिद्वन्द्वी राजेन्द्र घिमिरेको १०८ मतका विरुद्ध ५२० मत पाएर पुनः क्षेत्रीय सभापतिमा विजयी भएका हुन् । त्यहाँ सचिव पदमा गीता प्रसाद भट्टराई र भूपाल वस्नेत बिजयी भए ।

क्षेत्र नम्बर २ को सभापतिमा प्रतिस्पर्धी मोहन सुब्बालाई पराजित गर्दै खगेन्द्र मैनाली निर्वाचित भए । मैनालीले ३७० मत प्राप्त गर्दा सुब्बा २१६ मतमा सिमित भए । त्यहाँ सचिवमा चन्द्रप्रसाद चुडाल र रामबाबु धिमाल साथै सहसचिवमा जीवन थापा र नगेन्द्र बस्नेत निर्वाचित भएका छन् ।

यसैगरी पार्टी प्रवक्ता शर्माको गृहक्षेत्र क्षेत्र नं. १ मा ईन्द्रबहादुर बुढाथोकी सभापतिमा निर्वाचित भएका छन् । उनलाई प्रवक्ता शर्माको समर्थन थियो । प्रतिस्पर्धी गोपाल तामाङ्लाई फराकिलो अन्तरले बुढाथोकीले हराएका हुन् ।

युवा वर्चस्व

झापाको परिणाम हेर्दा नेपाली कांग्रेसमा युवा वर्चस्व देखिएको छ । यसअघि स्थानीय स्तरमा बलियो पकड बनाएका स्थानीय नेताहरु समेत यस पटकको निर्वाचनमा हारेका छन् ।

क्षेत्र नं.५ मा कतिपय पुराना नेताहरु प्रतिस्पर्धाबाट अलग रहे भने केही पराजय भोग्न बाध्य भए ।

जिल्लाकै पुराना नेता एवम् पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा यसपटक कतै पनि उम्मेद्वार बनेनन् ।

यस्तै नेता सिटौलाका विश्वास पात्र पूर्व क्षेत्रीय सभापति शेरबहादुर भट्टराई पनि अन्तिम समयमा आएर उम्मेद्वारीबाट पछि हटे ।

पटकपटकका महासमिति सदस्य दिलबहादुर बुढाथोकी, पूर्व जिल्ला कोषाध्यक्ष देवी दाहाल जस्ता पुराना नेता महाधिवेशन प्रतिनिधिबाट रोकिएका छन् भने राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरी वैकल्पिक केन्द्रिय सदस्यको हैसियत पाएका दिलिप राई पनि निर्वाचित हुन सकेनन् ।

युवा पकड बलियो भएकै कारण क्षेत्र नं. ५ बाट महाधिवेश प्रतिनिधिमा खुल्ला तर्फका १० मध्ये हुकुमसिंह राई सर्वाधिक मत पाउन सफल भएका छन् । उनी एमाले अध्यक्ष ओलीको गृहक्षेत्रमा पर्ने कमल गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा अध्यक्षको उम्मेद्वार थिए ।

विगतमा कांग्रेसको उपस्थित ज्यादै कमजोर भएको सो स्थानीय तहमा उनले एमालेका उम्मेद्वारसँग बराबरी मत पाएका थिए भने गोलाप्रथा गर्दा स्थानीय सरकार एमालेको भागमा परेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : ५६ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको