नेप्सेमा उच्च अङ्कको गिरावट | Khabarhub Khabarhub

नेप्सेमा उच्च अङ्कको गिरावट


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अङ्कले घटेको छ । सोमबार झिनो अङ्कले सुधार भएको नेप्से परिसूचक मङ्गलबार ३२.२९ अङ्कले घटी दुई हजार ७३३.१४ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले घटेर ५१५.४८ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर रु चार अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ मूल्यम खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै १९.९३ अङ्कले उकालो लाग्यो । यस्तै, बैंकिङ १५.४, व्यापार ४५.५१, होटल तथा पर्यटन ९३.५५, विकास बैंक ११९.९८, जलविद्युत् ७५.४४, वित्त ८८.७, निर्जीवन बीमा २०१.५, उत्पादन १०१.०५, लघुवित्त ५६.०४, जीवन बीमा १८९.५२, सामूहिक लगानीकोष ०.०७ र लगानी १.३४ अङ्कले घटेको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ५७ लाख २४ हजार ६३ बराबरको कारोबार भयो ।
नेशनल हाइड्रोपावर १२ करोड २१ लाख २४ हजार ७८१ र महालक्ष्मी विकास बैंक १० करोड ४२ लाख ७१ हजार ५६८, अपि पावर कम्पनी रु १० करोड ३३ लाख ५६ हजार र अरुण काबेली पावर रु नौ करोड ७० लाख ५३ हजार ३३२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ३५ अर्ब ८८ करोड २० लाख ४४ हजार १८ बराबर भएको छ । नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, दूरसञ्चार कम्पनी २।५९, गणपति लघुवित्त २.४९, सामुदायिक लघुवित्त १.९६ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले १।९१ प्रतिशतले कमाए ।

त्यस्तै, आइसिएफसी फाइनान्स ५.८४, एनआइबिएल प्रगति फण्ड ५.२५, नारायणी डेभलपमेन्ट बैंक ५.१६, गुडविल फाइनान्स ४.९४ र सिङ्गटी हाइड्रोपावरका लगानीकर्ताले ४.७८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : ५५ बजे

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

मुस्ताङ- नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन

प्रतिनिधिसभा निर्वाचन : झापामा मतदाता संख्या छ लाख ८२ हजार ९९३ जना कायम

झापा- झापा जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता थपिएका छन्

मिथिलाबासी गोधन कुट्ने पर्व मनाउँदै

जलेश्वर (महोत्तरी)- महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा क्षेत्रमा बसोबास गर्ने मिथिलानीहरु आज

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौं- विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १०

नेपाल सम्वतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ : उपराष्ट्रपति

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौं उपत्यकाको