एमाले महाधिवेशन बन्दसत्रका लागि अध्यक्षमण्डल गठन, प्रतिनिधि संख्या बढ्यो « Khabarhub

एमाले महाधिवेशन बन्दसत्रका लागि अध्यक्षमण्डल गठन, प्रतिनिधि संख्या बढ्यो


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले ले १०औँ महाधिवेशनको बन्दसत्रका लागि अध्यक्ष मण्डल गठन गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले बन्दसत्रका लागि अध्यक्ष मण्डल र माइन्युट कमिटीको गठन गरेको हो।

अध्यक्ष मण्डलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन्।

त्यस्तै, बैठकले ७ सदस्यीय माइन्युट कमिटी पनि गठन गरेको छ। जसमा पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

बैठकले पार्टी निर्वाचन आयोगको सिफारिसका आधारमा उक्त कार्यतालिका अनुमोदन भएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए। त्यस्तै एमालेका महाधिवेशन प्रतिनिधि यसअघि भनिएको १९९९ बाट पार्टी सदस्य बढेसँगै प्रतिनिधि बढेर दुई हजार २ सय ७९ जना पुग्ने प्रचार विभाग प्रमुख भट्टराईले बता।

बैठकमा महाधिवेशन तयारी समितिहरूले रिपोर्टिङ गरेका थिए । महाधिवेशनलाई व्यवस्थित गर्नेगरी तयारी भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना