कांग्रेस खोटाङको मतदान सर्‍यो « Khabarhub

कांग्रेस खोटाङको मतदान सर्‍यो


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनअन्तर्गत बुधबार मतदान हुने भएको छ । नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्य तालिका सार्वजनिक गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदानको समय एक दिनपछि सारेको हो ।

सुरुमा मंगलबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पुनः दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने सूचना जारी गरेको थियो । तर, जिल्ला निर्वाचन अधिकृत शंकर भट्टराईले ‘प्राविधिक कारणले’ भन्दै पुनः अर्को सूचना जारी गर्दै बुधबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेका छन् ।

मतपत्र प्रिन्ट गर्न पाँच घण्टा समय लाग्ने भएका कारण मतदानको समय सार्नु परेको निर्वाचन अधिकृत भट्टराईले बताए । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ हजार ३७८ मतदाताले कांग्रेसको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । तर, १ हजार ४०० मतदातालाई पुग्ने ७ हजार मतपत्र प्रिन्ट गर्ने तयारी गरिएको छ । एक जना मतदाताले पाँच वटा मतपत्रमार्फत मत हाल्नुपर्ने हुन्छ । रातभरमा आवश्यक मतपत्र छाप्ने काम पुरा गरिने निर्वाचन अधिकृत भट्टराईले बताए ।

तोकिएको समयमा मतदान नहुँदा र पटक–पटक मतदान गर्ने समय सारिँदा क्षेत्रीय प्रतिनिधि असन्तुष्ट बनेका छन् । पटक–पटक मतदानको समय सारिँदा मतदाताले निर्वाचन अधिकृतको कार्यालय पुगेर आक्रोश पोखेका छन् ।

घरायसी काम थाँती राखेर दिक्तेल आइपुगेका मतदाता थप एक दिन बस्नुपर्ने अवस्थाले खर्च बढेको र धानबाली भित्र्याउने लगायतका काम बितेको कांग्रेसका जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

कांग्रेस खोटाङको सभापतिका लागि पूर्वपर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्व सभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । आगामी  महाधिवेशन तथा सातौं जिल्ला अधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री राई रामचन्द्र पौडेल निकट पूर्वसभापति राई आमनेसामने भएका हुन् ।

कांग्रेस जिल्ला कार्य समितिको ७ पदाधिकारी र ३२ जिल्ला सदस्य चयनका लागि दिक्तेलको सरस्वती माविमा मतदान हुँदैछ । यस्तै, २५ जना संघीय महाधिवेशन प्रतिनिधि पनि मतदानबाटै छनौट हुने छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ४७ बजे

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि