सवारी दुर्घटनामा माओवादी रुपन्देही इन्चार्ज बन्जाडेको निधन | Khabarhub Khabarhub

सवारी दुर्घटनामा माओवादी रुपन्देही इन्चार्ज बन्जाडेको निधन


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को सवारी दुर्घटनामा निधन भएको छ । माओवादी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज बञ्जाडे बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका थिए ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते उनको बुधबार बिहान ५ बजे बुटवलको मर्सिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पार्टी कामकै शिलशिलामा उनी दाङबाट बुटवल फर्किदै थिए । बञ्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रुबाहक बसले बुटवलको जितगढीमा ठक्कर दिएको थियो । जितबहादुर रानामगरले चलाएको मोटरसाइकलमा उनी पछाडि सवार थिए । दुर्घटनामा परी रानामगरसमेत घाइते भएका छन् ।

बुटवलको जितगढीका स्थायी बासिन्दा रहेका ५६ वर्षीय बञ्जाडेका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

बञ्जाडेको निधनप्रति नेकपा माओवादी केन्द्र रुपन्देहीले गहिरो दु:ख प्रकट गरेको छ । उनको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ । बन्जाडेको निधनप्रति सो पार्टीका विभिन्न जगवर्गीय संगठन एवं विभिन्न दलका नेताले दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ०८ बजे

घोरहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

दाङ- दाङ घोरहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने