कर्मकाण्डी ब्राहमणको गंगा जल पिउने धोको : प्रेरक प्रसङ्ग « Khabarhub

कर्मकाण्डी ब्राहमणको गंगा जल पिउने धोको : प्रेरक प्रसङ्ग


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक ब्राह्मण बडो कर्मकाण्डी थिए । बिहानको समय पूजापाठ नगरी उनी कहिल्यै अन्न ग्रहण गर्दैनथे । वृद्धावस्थामा जब उनी रोगी भए उनी अन्त्य नजिक पुगे तब उनले सोचे, मर्नु अगाडि एक घुट्को गंगा जल पिउनुपर्‍यो, यसले मैले जानी नजानी गरेका सबै पाप पखालिने छन् । साथै मोक्ष पनि प्राप्त हुनेछ ।

अचानक कबीरदास घुम्दाघुम्दै ती ब्राह्मणको घरमा पुगे । ब्राह्मणको हालचाल सोधेर उनले उनको सेवा गर्ने इच्छा प्रकट गरे ।
ब्राह्मणले द्रवीभूत भएर भने, छोरा, मलाई कसैको सेवाको आवश्यकता छैन । बस तिमीले मलाई एक लोटा गंगाजल ल्याइदेऊ । म मर्नु अगाडि गंगाजल ग्रहण गरेर पापमुक्त हुन चाहन्छु ।

कबीरदास गएर आफ्नो लोटामा गंगाजल लिएर आए । यो देखेर ब्राह्मणले भने, तिमीलाई आफ्नो लोटामा गंगाजल ल्याउन कसले भन्यो ? जुलाहाको लोटाले गंगाजल ग्रहण गरेर म पापमुक्त हुन सक्दिनँ उल्टो आफ्नो धर्म पनि भ्रष्ट हुनेछ ।

कबीरदासले शान्त स्वरमा भने, पण्डितजी, जब गंगाजलले एउटा जुलाहाको लोटालाई पवित्र बनाउन सक्दैन भने त्यो गंगाजलबाट तपाईं कसरी पापमुक्त हुन सक्नुहुन्छ ।

ब्राह्मणले कबीर दासको यो प्रश्नको जवाफ दिन सकेनन् । उनी एकटक लगाएर उनको मुख हेर्न थाले ।

साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ६ : ०५ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको