देशभरका उच्च अदालतमा बारको प्रदर्शन, न्यायाधीशहरु आन्तरिक छलफल गर्दै « Khabarhub

देशभरका उच्च अदालतमा बारको प्रदर्शन, न्यायाधीशहरु आन्तरिक छलफल गर्दै


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बार एसोसिएसनले बुधबार पनि सर्वोच्च परिसरमा धर्ना दिएको छ । उता सर्वोच्च अदालतका न्याायाधीशरुले आन्तरिक छलफल गर्ने भएका छन् ।

बुधबार २ बजे छलफलमा बस्ने तयारी भइरहेको एक न्यायाधीशले जानकारी दिए । उनको अनुसार फुलकोर्ट बस्नको लागि आज सबै न्यायाधीशहरु छलफलमा बस्न लागेका हुन् । गोलाप्राथा कहिलेबाट लागु गर्ने भन्ने विषयमा समेत छलफल हुने उनले जानकारी दिए ।

बारको धर्नाका क्रममा सहभागी अधिवक्ता, वलिकहरुले प्रधानन्यायाधीशविरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका थिए ।

सर्वोच्चमा धर्ना दिएपछि बारका पदाधिकारीहरु उच्च अदालत पाटनमा धर्नाका लागि पुगेका थिए । बारको आन्दोलन अन्तर्गत बुधबार देशभरका उच्च अदालतमा प्रर्दशन भएको छ । उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घन्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रमको आयोजना गरेको हो ।

बारले बिहीबार काठमाडौँमा सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १ : ५७ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका