दुई विवाह गर्दै विकी र कटरीना « Khabarhub

दुई विवाह गर्दै विकी र कटरीना


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफको विवाहको खबरले उनका फ्यानहरु निकै खुशी छन् । उनीहरुले आधिकारिक रुपमा आफ्नो विवाहको बारेमा नबताए पनि विवाहको लोकेसनदेखि विवाहमा बोलाइएका पाहुनासम्मको नाम सार्वजनिक भइरहेको छ ।

उनीहरु डिसेम्बर ७ देखि ९ का बीच राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्टमा विवाह गर्दैछन् । समाचारअनुसार विकी र कटरीनाले राजस्थानभन्दा अघि मुम्बईमा विवाह गर्नेछन् । उनीहरु राजस्थानमा विवाह गर्नु अघिल्लो साता मुम्बईमा कोर्ट म्यारिज गर्दैछन् ।

कोर्ट म्यारिजपछि उनीहरु जयपुर जानेछन् । जहाँबाट उनीहरु विवाहस्थल सवाई माधोपुर पुग्नेछन् । दुवै विवाहका लागि उनीहरुले तयार सुरु गरिसकेका छन् ।

विवाहका लागि कटरीनाले आफ्नो कामबाट ‘ब्रेक’ लिइसकेकी छन् । उनी अहिले विकी र उनको परिवारसँग निरन्तर सम्पर्कमा छिन् । कटरीनालाई विकीकी आमा वीणा कौशल र भाई सनी कौशलले सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : ०३ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी