पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र | Khabarhub Khabarhub

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त विद्यार्थी संगठनका नेताहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्त लिन माग गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएक छन् ।

विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई बुधबार ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र प्राप्त गरेपछि प्रधानमन्त्री देउवाले मूल्यबृद्धिको बिषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएका थिए ।

मूल्यबृद्धिका बिषयमा विद्ययार्थी संगठनले उठाएको मागप्रति सरकार गम्भिर रहेको भन्दै प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गरिने बताएका थिए ।

सम्बन्धित निकायसँग परामर्श गरेर मूल्य संभव भएसम्म समायोजन गर्ने प्रयास हुने अश्वासन समेत प्रधानमन्त्री देउवाले विद्यार्थी संगठनका नेताहरुलाई दिएको अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल क्रान्तिकरीका अध्यक्ष प्रकाश शाही, मोहन वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेललगायत नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण जनताको दैनिकीमा प्रत्येक्ष असर परेको भन्दै विद्यार्थी संगठनहरुले वृद्धि गरिएको मूल्य फिर्ता लिन भन्दै माग गरिरहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : २७ बजे

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पाकिस्तानलाई मोदीको चेतावनी : आणविक ‘ब्लाकमेल’ स्वीकार्य छैन

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य