सचिवमा उठ्ने योगेश भट्टराईको घोषणा « Khabarhub

सचिवमा उठ्ने योगेश भट्टराईको घोषणा


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेका सचिव योगेश भट्टराईले आफू फेरि सचिवमा उठ्ने बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताए ।

उनले भने, “लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।” उनले अहिले नै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने बताए ।

एमालेको १०औँ महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको उनको भनाइ थियो । उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नारायणी नदी किनारमा गैँडाकोट तर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिए ।

अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै उनले प्रतिनिधि र नेता यहाँ आउने क्रम सुरु भएको जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : ५९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ १७ गते आइतबार अधिक जेठ

आज २०८३ साल जेठ १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १७ गते आइतबार अधिक जेठ

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी