ट्रम्पले कंग्रेसको स्वीकृति नलिई साउदी अरबलाई हतियार बेच्ने | Khabarhub Khabarhub

ट्रम्पले कंग्रेसको स्वीकृति नलिई साउदी अरबलाई हतियार बेच्ने


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– इरानसँग मध्यपूर्वमा जारी तनावलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले ‘संकटकाल’ को घोषणा गर्दै साउदी अरब तथा त्यस क्षेत्रमा रहेका साउदी साझेदार मुलुकलाई ८ अर्ब डलर बराबरको हतियार बेच्ने घोषणा गरेका छन् ।

उनले साउदी अरबलाई हतियार बेच्न कंग्रेसको स्वीकृति नलिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी अरबले यमनमा अमेरिकी हतियारबाट ठूलो मात्रामा विध्वंश मच्चाएको भन्दै साउदी अरब लगायतका मुलुकलाई हतियार बच्न नहुने आवाज उठिरहेका बेला ट्रम्पको यस्तो कदम आएको हो ।

हतियार बेच्न कंग्रेसको स्वीकृति नलिने विषयमा ट्रम्प प्रशासनले कंग्रेसका समितिहरुलाई पत्राचार गरिसकेको बताइएको छ ।

इरानसँग मध्यपूर्वमा तनाव चुलिरहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरब सहित संयुक्त अरब इमिरेट्स र जोर्डनलाई ८ अर्ब डलर बराबरका २२ किसिमका हतियार बेच्न लागेका हुन् ।

ट्रम्पको कदमको डेमोक्र्याटिक पार्टीका नेतासहित ट्रम्पको आफ्नै रिपब्लिकन नेताहरुले समेत आलोचना र विरोध जनाएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  २ : ५१ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको