पाँचथरमा पौडेल समूहको वर्चश्व « Khabarhub

पाँचथरमा पौडेल समूहको वर्चश्व


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाँचथरबाट २६ जना महाधिवेशन निर्वाचित हुँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वर्चश्व कायम गरेको छ । २६ मध्ये करिब दुई तिहाइ महाधिवेशन प्रतिनिधि पौडेल पक्षमा खुलेका व्यक्ति छन् ।

कांग्रेसका निर्वाचन अधिकृत मदन खड्काका अनुसार २४ जना महाधिवेशन प्रतिनिधि चुनावबाट र दुई जना निर्विरोध निर्वाचित भएका हुन् । जसअनुसार समावेशी आदिवासी जनजाति खुल्लातर्फ दुतबहादुर गुरुङ (डीबी), हरिराज आङदेम्बे, बमप्रसाद लावती र ताराहाङ तावा निर्वाचित भएका छन् ।

उनीहरूमध्ये गुरुङबाहेक सबै पौडेल पक्षका हुन् । यस्तै, समावेशी दलिततर्फ निरबहादुर विश्वकर्मा, विमल धमला निर्वाचित भएका छन् । उनीहरू भने कुनै पक्षमा खुलेका छैनन् ।

समावेशी खसआर्य महिलातर्फ कान्ता रिजाल र पुरुषतर्फ गोपालप्रसाद पोखरेल विजयी भएका छन् । उनीहरू दुवैजना कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

समावेशी आदिवासी जनजाति महिलातर्फ मधु जबेगू, देवीत्राकुमारी आङदेम्बे र आशा आङदेम्बे विजयी भएका छन् । उनीहरूमध्ये जबेगू पौडेल समूहमा खुलेकी छिन् भने बाँकी दुई जना हालसम्म कुनै पक्षमा नदेखिए पनि पौडेल समूह नजिक रहेको स्रोतको दाबी छ ।

प्रत्यक्ष महिलातर्फ देशु सुहाङ (तेसमाया), जनिमाया थापा मगर (शेर्मा), कौशिला गुरुङ र गंगामाया थेगिम आङदेम्बे विजयी भएका छन् । उनीहरूमध्ये गुरुङबाहेक सबै पौडेल पक्षका हुन् ।

खुलातर्फ निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, निवर्तमान जिल्ला उपसभापति मित्रप्रसाद काफ्ले, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ, तरुण दल पाँचथरका अध्यक्ष सुमन लामा, नेताहरू पूर्णकुमार तुम्बापो, चन्द्रसुन्दर खेवाङ, छबि बाँस्कोटा, वीरेन्द्रकुमार खड्का, केदारनाथ बाँस्कोटा र गंगाबहादुर आङदेम्बे निर्वाचनमार्फत विजयी भएका छन् ।

खुल्लातर्फ विजयी खेवाङ देउवा पक्षका हुन् भने फिदिम नगर प्रमुख नेम्वाङ र नेता केदारनाथ बाँस्कोटा कांग्रेस नेता शेखर कोइराला निकट हुन् ।

शिक्षकसमेत रहेका खड्का तथा आङ्देम्बे र तुम्बापो भने अहिलेसम्म खुलेका छैनन् । यस्तै, समावेशी अपाङ्गतर्फ नवीन ढुङ्गेल र अल्पसङ्ख्यकतर्फ राजेश पौद्धार निर्विरोध निर्वाचित भएका छन् । उनीहरू दुवै पौडेल पक्षका हुन् । न्यूजकारखाना

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : १० बजे

देशभित्रै घेरिँदै नेतन्याहू, ट्रम्पसामु झुकेको आरोप, सहयोग रोक्न अमेरिकामा पनि दबाब

तेलअभिभ- युद्धबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू देशभित्रै पनि घेरिँदै गएका

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक– सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन काभ्रेपलाञ्चोकको

जावलाखेलमा राजा वीरेन्द्रलाई यसरी गरियो सम्झना, घटना छानबिन गर्न माग

काठमाडौं– तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति सभा देशभर

न्यूयोर्कका मेयरले बहिष्कार गरे इजरायल डे परेड, ६२ वर्षयताकै पहिलो घटना

न्यूयोर्क- अमेरिकी प्रमुख शहर न्यूयोर्कका मेयर जोहरान ममदानीले मे ३१

रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा