जाजरकोटमा अक्सिजन उत्पादन सुरु « Khabarhub

जाजरकोटमा अक्सिजन उत्पादन सुरु


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जडान गरिएको अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ ।

बुधबार पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेसँगै औपचारिक रूपमा अक्सिजन उत्पादन कार्य सुरु भएको हो ।

एक दिनमा ४० भन्दा बढी अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न सकिने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले बताए ।

कम्तीमा १० वर्षसम्म यो प्लान्टद्वारा अक्सिजन उत्पादन हुने उनले जानकारी दिए । ८० लाखमा खरिद गरिएको उक्त प्लान्टले छिमेकी जिल्लालाई समेत राहत पुग्ने छ ।

विभिन्न समयमा समस्याले गाँजिएको जाजरकोटमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भारी सुधारका संकेतसमेत देखिएका छन् । ५० सैय्याको जिल्ला अस्पतालका नयाँ संरचना निर्माणसमेत जारी रहेको छ ।

झण्डै ३२ करोडमा नयाँ अत्याधुनिक भवन निर्माण कार्य जारी रहेको छ । भवन निर्माण कार्य ७० प्रतिशत पुरा भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० सैय्याको अस्पताल रहेको छ । कर्णाली प्रदेश सरकारको मातहतमा स्वास्थ्य सेवा कार्यालय भए पनि संघीय बजेटमा यो प्लान्ट खरिदका काम भएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ८ : ११ बजे

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण