८ वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

८ वरिष्ठ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निमित्त प्रहरी महानिरीक्षक एआईजी निरज बहादुर शाहीले प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ८ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नबाट सुशोभन गरेका छन् ।

दर्ज्यानी चिह्नबाट सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू बिकाश राज खनाल, सुदीप राजभण्डारी, अनुराग कुमार द्विबेदी, राजेन्द्र सिंह खड्का, योगबहादुर पाल, टीका बहादुर केसी, ध्रुबराज राउत र भोला बहादुर रावल छन् ।

मन्त्रीस्तरको मंसिर ७ गतेको निर्णयानुसार उनीहरू प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका हुन् ।

सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले पदोन्नती भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै जिम्मेवारीलाई थप सजग र इमानदारसाथ कार्यसम्पादन गर्न शुभकामना दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना