‘टुल्की’लाई सेन्सरकाे युनिभर्सल सर्टिफिकेट « Khabarhub

‘टुल्की’लाई सेन्सरकाे युनिभर्सल सर्टिफिकेट


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारअन्तर्गत रहेको केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले फिल्म ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि सबै उमेरका दर्शकका लागि हेर्न मिल्ने ‘यू(युनिभर्सल)’ सर्टिफिकेट दिएको हो ।

द पाल्म ग्रुपको ब्यानरमा शेखर लामा प्रस्तुतकर्ता रहेको फिल्मले हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथा बोल्छ । फिल्ममा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको अभिनय छ ।

देवजंग थापाको छायांकन तथा निर्देशन रहेको फिल्ममा लक्ष्मण सुनारको कथा र आरपी कर्माचार्य तथा शेखर लामाको लगानी छ । निर्देशक थापाका अनुसार ब्राम्हण बस्तीमा जन्मेकी युवती शेर्पा युवासँग प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई फिल्ममा देखाइएको छ ।

करिब ४ वर्षको अध्ययनपछि फिल्म निर्माण गरिएको निर्माता शेखर लामाले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ११ : ०८ बजे

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

काठमाडौं– पक्राउ परेका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना

ट्रम्प भन्छन् : मेरो मन पर्ने कुरा इरानको तेल कब्जा गर्नु हो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल आफ्नो नियन्त्रणमा लिन