‘टुल्की’लाई सेन्सरकाे युनिभर्सल सर्टिफिकेट « Khabarhub

‘टुल्की’लाई सेन्सरकाे युनिभर्सल सर्टिफिकेट


९ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारअन्तर्गत रहेको केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले फिल्म ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि सबै उमेरका दर्शकका लागि हेर्न मिल्ने ‘यू(युनिभर्सल)’ सर्टिफिकेट दिएको हो ।

द पाल्म ग्रुपको ब्यानरमा शेखर लामा प्रस्तुतकर्ता रहेको फिल्मले हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथा बोल्छ । फिल्ममा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको अभिनय छ ।

देवजंग थापाको छायांकन तथा निर्देशन रहेको फिल्ममा लक्ष्मण सुनारको कथा र आरपी कर्माचार्य तथा शेखर लामाको लगानी छ । निर्देशक थापाका अनुसार ब्राम्हण बस्तीमा जन्मेकी युवती शेर्पा युवासँग प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई फिल्ममा देखाइएको छ ।

करिब ४ वर्षको अध्ययनपछि फिल्म निर्माण गरिएको निर्माता शेखर लामाले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ११ : ०८ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते