कांग्रेस महाधिवेशन : सुर्खेतका दुई पूर्वमन्त्री र बहालवाला पार्टी सभापति पराजित « Khabarhub

कांग्रेस महाधिवेशन : सुर्खेतका दुई पूर्वमन्त्री र बहालवाला पार्टी सभापति पराजित


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत दुई पूर्वमन्त्री र पार्टीका जिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनीधिमा पराजित भएका छन् ।

सुर्खेत क्षेत्र नं. २ बाट पूर्वमन्त्रीद्वय शिवराज जोशी र खड्कबहादुर बस्याल तथा हालका पार्टी सभापति कमलराज रेग्मी पराजित भएका हुन् ।

सुर्खेत क्षेत्र २ मा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्यानलगत चुनावमा होमिएका थिए ।

महाधिवेशन प्रतिनिधिमा पराजित पार्टी सभापति रेग्मी र पूर्वमन्त्रीद्वय जोशी र बस्याल पौडेल समूहका नेता हुन् । निर्वाचन समितिका अनुसार पार्टी सभापति रेग्मीले तीन सय २० मत प्राप्त गरे । यस्तै पूर्वमन्त्री जोशीले तीन सय १० मत प्राप्त गरे । रेग्मी दोस्रो कार्यकालका लागि पार्टी सभापतिमा चुनाव लड्ने तयारीमा थिए ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दलित कोटाबाट उम्मेदवारी दिएका पूर्वस्वास्थ्य राज्यमन्त्री खड्कबहादुर बस्याल पनि पराजित भएका छन् । उनले तीन सय दुई मत ल्याए ।

संस्थापन समूहका लोकबहादुर विश्वकर्मा चार सय ७३ मत ल्याएर विजयी भए । मंगलबार सम्पन्न निर्वाचनबाट सुर्खेतका दुईवटै क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा संस्थापन (देउवा) समूहले एकलौटी गरेको छ ।

क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगीले सात सय १९ मत ल्याएर विजयी हुँदा पौडेल समूहका बलबहादुर वलीले एक सय तीन मत मात्रै प्राप्त गरे ।

क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका इन्द्रबहादुर रावत विजयी भए । उनले चार सय ८६ मत ल्याए । उनका प्रतिद्वन्द्वी पौडेल समूहका ललित भट्टराईले २८८ मत प्राप्त गरे ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ११ : ४५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा