एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा « Khabarhub

एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् ।

भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया  दिए ।

एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट राई पोलिटव्युरो सदस्यमा निर्वाचित भएका हुन् ।

‘यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु । त्यो भनेको  हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ । त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु’, उनले भने ।

एमालेले यसपटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प गरेको उनले बताए । त्यसैअनुरूप नेतृत्वलगायतका नेताहरूले पहलकदमी लिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ४ : २५ बजे

अफगानिस्तानमा विश्व बैंकद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

एजेन्सी- विश्व बैंकको सहयोगमा अफगानिस्तानको गजनी प्रान्तमा तीनवटा सफा पिउने

नवलपुर–२ का मतदाता भन्छन्, ‘चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्’

नवलपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मतदाता

महाशिवरात्रि व्यवस्थापनमा गुठी संस्थानले दियो ४० लाख

काठमाडौं– गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ४० लाख बजेट

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४.०४ प्रतिशतले घटायो

काठमाडौं– सरकारले अर्धवार्षिक समिक्षामार्फत चालू आर्थिक वर्षको बजेट खर्च अनुमान

बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग

एजेन्सी– बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू