माले महाधिवेशन स्थलमा बढाइयो ट्राफिक व्यवस्थापन « Khabarhub

माले महाधिवेशन स्थलमा बढाइयो ट्राफिक व्यवस्थापन


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेको १०औं महाधिवेशनका लागि चितवनमा ट्राफिक व्यवस्थापन चुस्त पारिएको छ ।

शुक्रबार नारायण नदी किनारमा उद्घाटन हुने महाधिवेशनमा एमालेले ५ लाखभन्दा बढी नागरिक उतार्ने तयारी गरेका बेला प्रहरीले ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश बाहिरबाट जनशक्ति मगाएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवराज अधिकारीले सुरक्षा योजनाबमोजिम आवश्यकताअनुसार विभिन्न प्रदेशबाट झिकाएर प्रचुर मात्रामा ट्राफिक प्रहरी परिचालन गरिएको बताए ।

उनकाअनुसार सय जना बाहिर प्रदेशबाट झिकाइएको छ । ६० जना आन्तरिक प्रदेशबाट खटिएका छन् । प्रदेश ट्राफिक र चितवनको जनशक्ति छुट्टै खटिएको छ ।

एआईजी सहकुल थापाको कमाण्डमा सम्पूर्ण रूपमा सुरक्षा योजना अपनाई प्रहरीहरू परिचालन भएको उनले जानकारी दिए । उनकाअनुसार एआईजी थापा, प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्की चितवन आइसकेका छन् ।

यसका साथै बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मालबहाक सवारी प्रवेशमा पूर्ण रोक लगाएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ७ : ०५ बजे

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं– नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने

छानो बिग्रिएपछि मर्मत गरिँदै भैरवको रथ : नौ दिनसम्म बिस्केट जात्रा मनाइने

भक्तपुर– विश्वनाथ भैरवको रथको अगाडि रहेको बेताल देवताको केही भाग

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी