बेसीसहर नगरपालिकाले यसै वर्ष १२ सडक कालोपत्रे गर्ने « Khabarhub

बेसीसहर नगरपालिकाले यसै वर्ष १२ सडक कालोपत्रे गर्ने


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बेसीसहर नगरपालिकाले चालू आर्थिक वर्षमा १२ वटा सडक कालोपत्रे गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले चालू आर्थिक वर्षमा लागत साझेदारीमा उक्त सडक कालोपत्रे तथा ढलान गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको ६० प्रतिशत र स्थानियको ४० प्रतिशत लागत साझेदारी हुने गरी कालोपत्रे र ढलान गर्ने निर्णय गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । साझेदारीमा काम गर्दा गुणस्तरीय र प्रभावकारी काम हुने भएकाले लागत साझेदारीमा काम गर्दै आएको उनले बताए ।

बेसीसहर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि करिब ४० वटा शाखा सडक कालोपत्रे भएको अर्यालले बताए । गत आर्थिक वर्ष ०७७/७८ मा नगरपालिकाले १ दशमलव ९५ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

नगरपालिकाले भौतिक पूर्वाधारतर्फ यतिका सडक कालोपत्रे गरेको जनाएको छ । नगरपालिकाले लागत साझेदारीमा बेसीसहरका शाखा सडकहरू धमाधम कालोपत्रे गर्दै आएको छ । बेसीसहरमा रहेका सबै शाखा सडक कालोपत्रे भइसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा १२ किलोमिटर सडक सोलिङ तथा ग्राभेल गरेको छ । १३ दशमलव ७ किलोमिटर सडकको नयाँ ट्रयाक ओपन गरिएको छ । ६६ किलोमिटर सडक मर्मत सम्भार गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ४९ बजे

एक साताको खोजी निष्फल, पत्रकार पौडेलका बुवा-आमासहित पाँच जनाको अन्तिम संस्कार

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर

रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न

अमेरिका- रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न भएको छ

पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्छ : रामबहादुर थापा

काठमाडौं– नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले पुनर्निर्माणका

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी

ताम्पा- संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य

प्रतिनिधिसभाबाट भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकले भोटेकोशी बाढी विपद्सम्बन्धी विशेष प्रस्ताव पारित गरेको