महाधिवेशनले चुनावमा बहुमत हासिल गर्ने संकल्प लिनेछ : भट्टराई « Khabarhub

महाधिवेशनले चुनावमा बहुमत हासिल गर्ने संकल्प लिनेछ : भट्टराई


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन महाधिवेशन लगत्तै एमाले चुनावको तयारीमा जाने बताएका छन् ।

१०औँ महाधिवेशनको उद्घाटन अघि शुक्रबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘यो हप्ता हामी महाधिवेशनमा छौँ, अर्जुनदृष्टि यसैमा छ । महाधिवेशनपछि ‘जसरी महाभारतमा अर्जुनले दृष्टि लगाए’, त्यसरी एमालेको दृष्टि अब चुनावमा हुन्छ ।’

महाधिवेशनले पार्टीलाई एकतावद्ध बनाउने र आगामी तीन तहकै चुनावमा एमालेले बहुमत हासिल गर्नेगरी महाधिवेशनबाट संकल्प लिइने उनले बताए ।

महाधिवेशनको विशेष सन्देश रहनेछ । यो महाधिवेशना सहमति र एकताको महाधिवेशन हो । अन्तरविरोधलाई मैत्रीपूर्ण ढंगबाट समाधान गर्दै एमालेलाई देशको कम्युनिष्ट आन्दोलनको एकमात्र पार्टीका रूपमा स्थापित गरिनेछ,’ उनले भने ।

एमालेलले नीति महाधिवेशनबाट आफ्नो नीति, विधान र कार्यदिशा पास गरिसकेको भट्टराईले स्मरण गराए ।

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै यसको मार्गनिर्देशनमा समाजवादको आधार निर्माण गर्ने एमालेको कार्यदिशा हो,’ उनले भने, ‘नेपालका राजनीतिक दलमा यो सबैभन्दा उन्नत र सबैभन्दा समृद्ध कार्यदिशा हो, अब हामी त्यतातिर जान्छौँ । महाधिवशेनबाट सबै प्रतिनिधिलाई कार्यदिशाबारे बुझाउनेछौँ,’ उनले भने ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १० : ३३ बजे

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई