आईसीसी महिला टी-२० : मलेसियाले दियो नेपाललाई ९३ रनको लक्ष्य « Khabarhub

आईसीसी महिला टी-२० : मलेसियाले दियो नेपाललाई ९३ रनको लक्ष्य


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई मलेसियाले ९३ रनको लक्ष्य दिएको छ ।

दुबईमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन बनाएको हो ।

मलेसियाको लागि इल्सा हन्टरले अविजित सर्वाधिक ३९ रन बनाइन् । ४८ बल खेलेकी उनले चार चौका प्रहार गरिन् । यस्तै मास इल्साले १४ र युस्रिया याकोपले १२ रनको योगदान गरिन् ।

टस जितेर फिल्डिङ गरेको नेपालको लागि सब्नाम राईले सर्वाधिक दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी राईले १ मेडन राख्दा २७ रन खर्चेकी थिइन् ।

यस्तै कप्तान रुबिना क्षेत्री, कविता कुँवर  र सीता राना मगरले समान १–१ विकेट लिए ।

शुक्रबार नेपाल मलेसियालाई हराउँदै ग्लोबल छनोटको सम्भावना कायम राख्न चाहन्छ । मलेसियालाई जितेको अवस्थामा नेपाल ६ टोली सहभागी प्रतियोगिताको शीर्षस्थानमा पुग्नेछ ।

तीन खेलमा दुई जितसहित चार अंक बनाएको नेपाल दोस्रो स्थानमा  छ । तीन खेलमा शत प्रतिशत जित निकालको यूएई ६ अंकसहित शीर्षस्थानमा छ ।

तालिकामा शीर्षस्थानमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको शीर्ष दुई टोली विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना