ओलीको सुझवुझले नाकाबन्दी हट्यो, नेपालको भूमि नक्सामा समेटियो : कमल थापा « Khabarhub

ओलीको सुझवुझले नाकाबन्दी हट्यो, नेपालको भूमि नक्सामा समेटियो : कमल थापा


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख शक्ति भएकाले यसले समृद्धि र स्थायित्वको पनि नेतृत्व गर्नु पर्ने बताएका छन् ।

एमालेको १०औँ महाधिवेशनले मुलुकमा स्थायित्व र समृद्धिको यात्रामा इटा थप्ने अपेक्षा राखेको उनले बताएका छन् ।

‘०६२/०६३ को परिवर्तनपछि मुलुकमा स्थायित्व र समृद्धिको अपेक्षा गरिएको थियो, तर अहिले मुलुक कहाँ पुगेको छ । मलाई विश्वास छ यसमा तपाइँहरूको महाधिवेशनले गम्भीर समीक्षा गर्छ,’ थापाले भने ।

मुलुकमा बढेको धर्म परिवर्तनले सनातन धर्मालम्वीहरुलाई प्रतिस्थापन गर्ने अवस्था रहेकाले त्यसलाई पनि एमालेको सम्बोधन गर्ने उनले अपेक्षा राखे ।

ओलीको प्रशंसा गर्दै थापाले भने, ‘मलाई लाग्छ तपाइँहरूको लोकप्रिय अध्यक्षसँग सँगै रहेर काम गर्ने अवसर पाएको थिएँ, उहाँको अडानले भारतको नाकाबन्दी हट्यो मलाई विश्वास छ उहाँकै नेतृत्व क्षमताले अब देशका तमाम् अरू समस्या पनि मुक्त हुन्छन् ।’

उनले ओलीका दुई कामले नेपालीले कहिल्यै नविर्सिने बताएका छन् । ओलीले मधेसको पृथकतावादी संगठन विस्तार गर्दै आएको सीके राउतलाई मूल धारमा ल्याएको, विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको तथा लिम्पियाधुरासहितको भूमिलाई नक्सामा समेटेर ओलीले ऐतिहासिक काम गरेको उनले बताए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १ : ५७ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम