ओलीको सुझवुझले नाकाबन्दी हट्यो, नेपालको भूमि नक्सामा समेटियो : कमल थापा « Khabarhub

ओलीको सुझवुझले नाकाबन्दी हट्यो, नेपालको भूमि नक्सामा समेटियो : कमल थापा


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख शक्ति भएकाले यसले समृद्धि र स्थायित्वको पनि नेतृत्व गर्नु पर्ने बताएका छन् ।

एमालेको १०औँ महाधिवेशनले मुलुकमा स्थायित्व र समृद्धिको यात्रामा इटा थप्ने अपेक्षा राखेको उनले बताएका छन् ।

‘०६२/०६३ को परिवर्तनपछि मुलुकमा स्थायित्व र समृद्धिको अपेक्षा गरिएको थियो, तर अहिले मुलुक कहाँ पुगेको छ । मलाई विश्वास छ यसमा तपाइँहरूको महाधिवेशनले गम्भीर समीक्षा गर्छ,’ थापाले भने ।

मुलुकमा बढेको धर्म परिवर्तनले सनातन धर्मालम्वीहरुलाई प्रतिस्थापन गर्ने अवस्था रहेकाले त्यसलाई पनि एमालेको सम्बोधन गर्ने उनले अपेक्षा राखे ।

ओलीको प्रशंसा गर्दै थापाले भने, ‘मलाई लाग्छ तपाइँहरूको लोकप्रिय अध्यक्षसँग सँगै रहेर काम गर्ने अवसर पाएको थिएँ, उहाँको अडानले भारतको नाकाबन्दी हट्यो मलाई विश्वास छ उहाँकै नेतृत्व क्षमताले अब देशका तमाम् अरू समस्या पनि मुक्त हुन्छन् ।’

उनले ओलीका दुई कामले नेपालीले कहिल्यै नविर्सिने बताएका छन् । ओलीले मधेसको पृथकतावादी संगठन विस्तार गर्दै आएको सीके राउतलाई मूल धारमा ल्याएको, विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको तथा लिम्पियाधुरासहितको भूमिलाई नक्सामा समेटेर ओलीले ऐतिहासिक काम गरेको उनले बताए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १ : ५७ बजे

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि