प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट – पारस खड्काको प्रदेश नं ३ पराजित « Khabarhub

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट – पारस खड्काको प्रदेश नं ३ पराजित


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार भएको खेलमा एपिएफले पारस खड्का नेतृत्व रहेको प्रदेश नं ३ लाई ४१ रनले पराजित गरेको हो । जितका लागि एपिएफले दिएको २८९ रनको विशाल लक्ष्यमा प्रदेश नं ३ २४७ रनमा समेटियो ।

प्रदेश नं ३ निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रनमा समेटिएपछि पराजित हुन पुग्यो ।

प्रदेश नं ३ का लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ११७ रनको योगदान दिए । त्यस्तै कप्तान पारस खड्काले ४६, रीत गौतमले २७ तथा इशान पाण्डेले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहरो अङ्क जोड्न सकेनन् ।

एपिएफका कमलसिंह ऐरीले तीन तथा अविनाश बोहराले २ विकेट लिए । पृथु बास्कोटा र भुवन कार्कीले समान एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ५० ओभरमा ९ विकेट गुमाएर २८८ रन बनाएको थियो ।

उसका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले । सुमितले ९४ रन बनाए भने पृथुले ५९ रन बनाए । यस्तै प्रदीप सिंह ऐरीले ४०, अमरसिंह रौटेलाले अविजित २७ रन बनाए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ७ : ०९ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा