नेपाल आतंकवादको चपेटामा पर्नसक्ने भन्दै सचेत हुनुपर्ने विज्ञहरुको सुझाव (भिडियोसहित) | Khabarhub Khabarhub

नेपाल आतंकवादको चपेटामा पर्नसक्ने भन्दै सचेत हुनुपर्ने विज्ञहरुको सुझाव (भिडियोसहित)


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विज्ञहरुले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै नेपालको सुरक्षामा जोखिम र असर हुनसक्ने खतरालाई नजरअन्दाज नगरी विमानस्थल, सीमा सुरक्षा, कानून, प्रतिआतंकबाद लगायत बिषयमा नेपाल सचेत हुनुपर्ने बताएका छन्।

आतंकवाद वैश्विक चुनौती भए पनि दक्षिण एसिया थप जोखिममा छ । सन् २००८ नोभेम्बर २६ मा भारतको मुम्बईमा आतंकवादीले हमला गरेको शुक्रबार १३ वर्ष पुरा भएको छ ।

आक्रमणमा १६६ जना मानिसहरुको मृत्यु भएको थियो भने ३०० भन्दा बढी मानिसहरु घाइते भएका थिए ।

उक्त घटनाको सन्दर्भ पारेर  शुक्रबार खबरहब डटकले दक्षिण एसियामा आतंकवादको खतरा र नेपालको सुरक्षा व्यवस्था बारे छलफल गरेको छ ।

बहसमा सहभागी विज्ञहरुले कट्टरपन्थी इस्लामिक समूहहरुले आफ्नो प्रभाव अन्य ठाउँमा समेत फैलाउन उद्धत रहने र भारतलाई लक्षित गरी गतिविधि हुन सक्नेतर्फ सरकारी संयन्त्र सचेत हुनुपर्ने विज्ञहरुको सुझाब छ। नेपालले कानूनलगायत आवश्यक गुप्तचरी र स्रोत–साधन परिचालन गर्नुपर्ने उनीहरुको जोड थियो।

आतंकवाद विश्वव्यापी खतरा बन्दै गएको र नेपालले यस विषयमा प्रारम्भिक तहबाट नै नियन्त्रण गर्न आवश्यक रहेको विज्ञहरुको बुझाइ छ ।

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा

कार्यक्रममा बोल्दै राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले आतंकवादी घटनाहरुप्रति नेपाल पनि सजग हुनुपर्ने बताए ।

कुनै पनि निश्चित उदेश्यका साथ सरकारलाई दबाव दिन र आफ्ना लक्ष्य पूरा गर्न आतंकबादीहरुको जन्म हुने उनको भनाइ छ ।

नेपालमा विभिन्न समयमा सत्ता प्राप्तिका लागि आन्तरिक युद्ध भए पनि हालसम्म बाहिरी आतंकवादी समूहले भने आक्रमण नगरेको उनले बताए ।

सिस्टम चेन्ज, बदलाको भाव लगायत विभिन्न कारण आतंकारीहरुकोले जन्मलिने गरेको उनले बताए ।

विभिन्न आतंकवादी समूहरु अहिले पनि उत्तिकै सक्रिय रहेकाले सुरक्षा व्यवस्थामा नेपाल सरकारले गम्भीर रुपमा ध्यानदिनुपर्ने उनको भनाइ छ । दक्षिण एसियाली देशहरुमध्ये नेपाल र भूटानमा अहिलेसम्म कुनै पनि आतंकवादी हमला नभए पनि काठमाडौँ आतंकबादीहरुको हब बन्दै गएको उनको भनाइ छ ।

आतंकबादीहरु नेपालमा सहजै प्रवेश गरेर योजना बनाउने र भारतलगायत अन्यदेशहरुमा गएर आक्रमण गर्ने गरेको उनले बताए ।

यस कारण पनि नेपालले सुरक्षा व्यवस्थापनमा सजग रहन जरुरी रहेको उनको भनाइ छ ।

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक किशोर कुमार लामा

त्यस्तै कार्यक्रममा बोल्दै अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक किशोर कुमार लामाले सीमा क्षेत्रमा कन्ट्रोल गर्न सक्ने अवस्था नभएकाले सुरक्षा व्यवस्थामा थप चुनौती देखिएको बताए ।

सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन सशस्त्र लगायत सुरक्षा निकायहरुलाई कानूनी अधिकार दिनुपर्ने उनको भनाइ छ।

‘सीमा क्षेत्रका सुरक्षा निकायलाई भोलि कसैले आतंककारी हमला गरे त्यसको जिम्मा कसले लिन्छ?,’ उनले प्रश्न गरे ।

अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सुरक्षा विज्ञ डा. ठाकुर मोहन श्रेष्ठ

कार्यक्रममा बोल्दै अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सुरक्षा विज्ञ डा. ठाकुर मोहन श्रेष्ठले आतंकबादी क्रियाकलापहरु काबुलदेखि काश्मिर र काश्मिरदेखि काठमाडौँ आउन धेरै समय नलाग्ने बताए ।

नेपालमा आतंकबादी हमला नभए पनि त्यस किसिमका योजनाहरु भने नेपालमा नै बन्ने गरेको बताए । उनका अनुसार आतंकबादीको फोकल पोइन्ट नै नेपाल बन्दै गएको छ ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरीका अवकाशप्राप्त नायव महानिरीक्षक तथा अनुसन्धान विशेषज्ञ हेमन्त मल्ल ठकुरीले भारतमा नयाँ आतंकबादी क्रियाकलाप बढ्नुको कारण धार्मिक पक्ष रहेको बताए । राजनीतिक पक्षबाट आतंकबादी क्रियालकलाप नहुने उनको भनाइ छ । नेपालको सुरक्षा नीति बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

अवकाश प्राप्त सहायक रथी तथा रक्षा विज्ञ सुरेश शर्मा

त्यस्तै अवकाश प्राप्त सहायक रथी तथा रक्षा विज्ञ सुरेश शर्माले राजनीतिक अस्थिरता, भ्रष्टाचार, सरकार गैरजिम्मेवार एव्म उत्तरदायी हुन नसक्नुले पनि आतंकवादलाई जन्मदिने गरेको बताए ।

आतंकबादी सहजै रुपमा चिन्न नसकिने भएका कारण त्यसका लागि विशेष किसिमको प्रविधि आवश्यक रहेका उनको भनाइ छ । उनले भने, ‘नेपालसँग आतंकवादीहरु पत्ता लगाउन कुनै पनि प्रविधि छैन ।’ नेपालको सुरक्षा व्यवस्थालाई बलियो बनाउँन त्यस किसिमको प्रविधिको व्यवस्था गर्नुपर्ने उनले बताए ।

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी बिजेन्द्र गौतम

यसैगरी कार्यक्रममा बोल्दै नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी बिजेन्द्र गौतमले चीन र भारतलाई खतरा भएको खण्डमा नेपालमा पनि खतरा बढ्ने सम्भावना रहेको उनले बताए ।

नेपालमा आतंकबादीहरुको आगमन बढ्दो क्रममा रहे पनि त्यसलाई नेपाली सुरक्षा व्यवस्थाले रोक्न नसकेका कारण चुनौती देखिएको उनले बताए । सरकारले सुरक्षा व्यवस्थाको विषयलाई महत्वका साथ लिनुपर्ने उनले बताए ।

आतंकबादी क्रियाकलाप हुन नदिन राजनीतिक दलहरुलाई नीति नियम बलियो बनाउन पनि उनले आग्रह गरेका छन् ।

विश्लेषक डा. उद्धव प्याकुरेल

कार्यक्रममा बोल्दै विश्लेषक डा. उद्धव प्याकुरेलले नेपालमा आतंकवादीका क्रियाकलाप बढ्नुको मुख्य कारण खुला सिमाना मात्र नभएको बताए । अन्य मार्गबाट सहजै आतंकबादीहरु नेपाल प्रवेश गर्न सक्ने भएका कारण खुला सिमानालाई मात्र दोष दिनु उपयुक्त नुुहुने उनको भनाइ छ ।

उनले भने, ‘अमेरिका जस्तो कडा सुरक्षा व्यवस्था भएको देशमा पनि आतंकबादी हमला हुने गरेका छन् त्यस कारण पनि खुला सिमाना मात्र आगंकवादी क्रियाकलाप बढ्नको कारण होइन ।’ बदलाको भावना र धर्मको विवादले पनि आतंकवाद बढ्ने गरेको उनको भनाइ छ ।

सुरक्षा विद् डा. इन्द्र अधिकारी

सुरक्षा विद् डा. इन्द्र अधिकारीले आतंकबादीहरुले सुरक्षा निकायका व्यक्तिहरुले भन्दा एकतहमाथि उठेर सोच्ने र क्रियाकलाप गर्ने गरेको बताइन् ।

उनले भनिन्, ‘प्रविधि र सुरक्षा व्यवस्थामा अब्बल ठहरिएका देशहरुमा हुने आतंककारी हमलाले पनि उनीहरुले कुन लेभलमा गएर सोच्छन् भन्ने कुरालाई प्रष्ट पार्र्छ ।’ खुला सिमाना क्षेत्रमा मात्र नभएर विमानस्थल र आकाशमा पनि सुरक्षा व्यवस्थालाई कडा बनाउनुपर्ने उनको भनाइ छ ।

सुरक्षा विश्लेषक अभयराज जोशी

कार्यक्रममा बोल्दै सुरक्षा विश्लेषक अभयराज जोशीले नेपालमा आतंबादी क्रियालाप भइरहेका छन् भनेर शंका गर्नुपर्ने प्रसस्तै ठाँउहरु रहेको बताए ।

राष्ट्रको सुरक्षाको विषयमा सबैको एउटै नीति हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘खुला सिमाना समस्या हैन त्यसको व्यवस्थापन समस्या हो ।’ सीमा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरी आउने जाने मानिसहरुको रेकर्ड राख्न सकियो भने पनि आतंकवादी क्रियाकलापमा कमी आउने उनले बताए ।

सार्क र संयुक्त राष्ट्रहरु पनि अफगानस्तानमा भएको घटना प्रति सक्रिय नभएको उनले बताए ।

सुरक्षा विश्लेषक राजेन्द्र शर्मा

कार्यक्रममा सुरक्षा विश्लेषक राजेन्द्र शर्माले क्षेत्रीय सुरक्षामा आतंकवाद खतरा रहेको औँल्याउँदै त्यसका लागि राष्ट्रिय सुरक्षा नीति बलियो हुनुपर्ने बताए । उनले राष्ट्रिय सुरक्षा परिषद्ले पनि प्रतिआतंकवाद नीति बनाउन आवश्यक रहेको बताए । उनले क्षेत्रीय सुरक्षाका लागि सबै पक्षको समन्वय आवश्क रहेको बताए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : १२ बजे

नख्खु खोलाले बगाएका चारमध्ये तीनजनाको उद्धार

काठमाडौं– ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको उद्धार

बाढीले हेवा खोलाको बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

पाँचथर– अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची राजमार्गमा

कोशी नदी १० र बागमती ६ स्टेशनमा खतराको तहमाथि

काठमाडौं – मनसुन उत्तरार्धमा परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोका

भोटेकोशीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग सम्पर्क विच्छेद

काठमाडौं– अरनिको राजमार्गअन्तर्गत भोटेकोशी नदीले सिन्धुपाल्चोकस्थित लार्चाको पुल बगाएको छ

मकवानपुरको सिस्नेरीमा ३० घर बगे, खानीखेतका २८ घर डुबानमा

मकवानपुर– अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका