उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा « Khabarhub

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– एमालेको जारी महाधिवेशनमा उपमहासचिब घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार चितवनको नारायणी किनारामा महाधिवेशन उद्घाटन भएपछि भुसालले उम्मेदवारी घोषणा गरेका हुन् ।

भुसाल १० बुँदे सहमतिपछि पार्टी विभाजनमा नलागेर एमालेमै बसेका १० मध्ये एक नेता हुन् । भुसालभन्दा पहिला उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

एमालेमै बसे पनि रावल र भुसाल अध्यक्ष केपी शर्मा ओलीको उपेक्षामा पर्दै आएका छन् । अध्यक्षमा ओली फेरि दोहोरिने तयारीमा छन् । उनलाई रावलले चुनौती दिँदैछन् । अन्य १४ जना पदाधिकारी सहमतिबाट चयन गर्ने चर्चा चलिरहेका बेला भुसाललले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : १७ बजे

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख