उडिरहेको विमानमै यात्रुले चुरोट सल्काएपछि... | Khabarhub Khabarhub

उडिरहेको विमानमै यात्रुले चुरोट सल्काएपछि…


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– चुरोट खाने मानिसलाई कहिले कुन स्थानमा तलतल लागेर चुरोट खान मन लाग्छ, ठेगान हुन्न । नेपालमै पनि सार्वजनिक स्थानमा मानिसहरुले चुरोट तानिरहेका हुन्छन् ।

यद्यपि सरकारले सार्वजनिक स्थानमा चुरोट खान प्रतिबन्ध लगाएको त छ तर त्यसको कार्यान्वयन भने अझै प्रभावकारी बन्न सकेको छैन ।

यस्तै घटनामा एकजना चुरोटेले विमानभित्र चुरोट सल्काएका छन् । अमेरिकाको मिन्नेसोटा राज्यमा घटनामा चुरोटको तीब्र तलतल लागेपछि एक यात्रुले उडिरहेको विमानभित्रै चुरोट सल्काए ।

मियन्नापोलिस शहरका लागि उडेको विमान अवतरण हुनु ४० मिनेट अगाडी बीच आकाशमै उक्त घटना भएको बताइएको छ ।

अघिल्लो मंगलबार भएको घटनामा चुरोट सल्काउनेले वरिपरी रहेका कोही यात्रुको मतलब नै नगरी ढुक्कसँग चुरोट सल्काए । विमानभित्र चुरोट सल्काउन प्रतिबन्ध भएपनि उनले त्यसको परवाह नै गरेनन् ।

उनीसँगै बसेकी एक महिलाले उनले चुरोट सल्काएको भिडियो खिचेपछि त्यो भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।

त्यसपछि वरिपरी रहेका यात्रुले उनले चुरोट सल्काएको देखेपछि एअरहोस्टेजलाई बोलाए । एअरहोस्टेजको पटक पटकको आग्रहपछि मात्र उनले चुरोट निभाए ।

त्यसपछि विमान अवतरण गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १० : ५२ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा