अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई | Khabarhub Khabarhub

अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सौराहा- एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् ।

महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताए ।

‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उनले भने, ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।

पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।

रावल भने अहिले बन्दसत्र हलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । अध्यक्ष केपी ओली भने आफू बसेको रिसोर्टमा निकटका नेताहरूसँग छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ११ : ५० बजे

नरदेवीस्थित आयुर्वेद चिकित्सालयको क्यान्टिनमा अनुगमन, सरसफाइमा कमजोरी 

काठमाडौं– काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको

यी हुन् तौल घटाउने तीन सूत्र

पछिल्लो समय सुगर, प्रेसर, दम लगायत नसर्ने तथा दीर्घ रोगीहरूको

कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता : नेता खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै